Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निर्जीवन बीमा कम्पनीको नाफामा ३९ प्रतिशत गिरावट, आइजिआइ प्रुडेन्सियलको नाफा ९९ प्रतिशत घट्यो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 17, 2026
2.3KShares

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा उल्लेख्य गिरावट आएको छ । सार्वजनिक वित्तीय विवरणअनुसार १४ वटा निर्जीवन बीमा कम्पनीको समग्र खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.२१ प्रतिशतले घटेको हो ।

आर्थिक वर्ष २०८२/८३ मा यी कम्पनीहरूले कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । अघिल्लो आर्थिक वर्षमा भने १४ कम्पनीको कुल खुद नाफा ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ रहेको थियो । यसरी एक वर्षमै निर्जीवन बीमा कम्पनीहरूको समग्र नाफामा करिब १ अर्ब ८० करोड रुपैयाँले कमी आएको देखिन्छ ।

विवरणअनुसार अघिल्लो आर्थिक वर्ष ११ करोड ७६ लाख रुपैयाँ घाटामा रहेको ओरियन्टल इन्स्योरेन्सले यसपटक उल्लेख्य सुधार गर्दै सबैभन्दा बढी खुद नाफा कमाएको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अर्कोतर्फ, नेसनल इन्स्योरेन्स भने घाटाबाट माथि उठ्न सकेन । अघिल्लो वर्ष १५ करोड ७ लाख रुपैयाँ घाटामा रहेको कम्पनीको घाटा समीक्षा अवधिमा १३ करोड १० लाख रुपैयाँ रहेको छ । १४ कम्पनीमध्ये नेसनल इन्स्योरेन्स मात्रै घाटामा रहेको छ ।

प्रभु इन्स्योरेन्सको नाफा बढ्दा बाँकीको घट्यो

समीक्षा अवधिमा प्रभु इन्स्योरेन्सबाहेक नाफामा रहेका सबैजसो कम्पनीको खुद नाफा घटेको छ । प्रभु इन्स्योरेन्सले अघिल्लो वर्षको २० करोड ५८ लाख रुपैयाँ नाफालाई बढाएर २४ करोड ६४ लाख रुपैयाँ पुर्‍याएको छ । कम्पनीको नाफा १९.७१ प्रतिशतले वृद्धि भएको हो । अन्य कम्पनीको नाफामा भने १९ प्रतिशतदेखि ९८ प्रतिशतभन्दा बढीसमेत गिरावट आएको छ ।

ओरियन्टल इन्स्योरेन्सपछि सबैभन्दा बढी नाफा कमाउने कम्पनी सगरमाथा लुम्बिनी (सलिको) बनेको छ । सलिकोको खुद नाफा ३२.७५ प्रतिशतले घटेर ३७ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीले ३४ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १९.४६ प्रतिशतले घटेको हो ।

हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३३ करोड ७८ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३२ करोड ६८ लाख र नेको इन्स्योरेन्सले २८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यी कम्पनीको नाफा क्रमशः ३६.५३ प्रतिशत, ५६.७५ प्रतिशत र ५०.१९ प्रतिशतले घटेको छ ।

आइजिआइ प्रुडेन्सियलको नाफामा सबैभन्दा ठूलो गिरावट

प्रतिशतका आधारमा सबैभन्दा ठूलो नाफा गिरावट आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्समा देखिएको छ । अघिल्लो आर्थिक वर्ष ३६ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा ९८.८९ प्रतिशतले घटेर आर्थिक वर्ष २०८२/८३ मा ४० लाख ३८ हजार रुपैयाँमा सीमित भएको छ ।

त्यसैगरी, शिखर इन्स्योरेन्सको नाफा ७१.२२ प्रतिशतले घटेर १३ करोड रुपैयाँ, सानिमा जिआइसीको ६१.३९ प्रतिशतले घटेर १३ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सको ५९.६९ प्रतिशतले घटेर १२ करोड ७५ लाख रुपैयाँ र युनाइटेड अजोडको नाफा ६४.५५ प्रतिशतले घटेर ६ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ । एनएलजी इन्स्योरेन्सको खुद नाफा पनि ६२.३१ प्रतिशतले घटेर ५ करोड ७८ लाख रुपैयाँमा झरेको छ ।

  • यस्तो छ निर्जीवन बीमा कम्पनीहरूको नाफा (हजार रुपैयाँमा) :

cm

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved