Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘ऋण लिएर देश चलाउने अवस्था अन्त्य गर्न आफ्नै आम्दानी बढाउनुपर्छ’ : अर्थमन्त्री वाग्ले

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 14, 2026
5.9KShares

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालकै आम्दानीबाट देश विकास गर्ने उद्देश्यसहित सरकारले नयाँ बजेट ल्याएको बताएका छन्। तनहुँ भ्रमणका क्रममा जिल्ला समन्वय समिति तनहुँको वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले मुलुकको नियमित खर्च धान्नसमेत ऋण लिनुपर्ने अवस्थाको अन्त्य गर्न सरकार आफ्नै आम्दानी बढाउनेतर्फ केन्द्रित भएको बताएका हुन्।

अर्थमन्त्री वाग्लेले राज्यको कमजोर आम्दानीका कारण विगतदेखि नै ऋण लिएर अत्यावश्यक दैनिक खर्च चलाउनुपर्ने अवस्था रहेको उल्लेख गरे। करको दायरा फराकिलो बनाउँदै थोरै–थोरै योगदानबाट राजस्व वृद्धि गर्ने र आफ्नै आम्दानीबाट देश विकास गर्ने नीति सरकारले लिएको उनको भनाइ थियो।

उनले जनताको विकाससम्बन्धी अपेक्षा र मुलुकको आर्थिक सामर्थ्यबीच ठूलो अन्तर रहेको बताए। दातृ निकायबाट प्राप्त हुने ऋणसमेत महँगो बन्दै गएको अवस्थामा नेपाल आफैँ आर्थिक रूपमा सबल बन्नुपर्ने आवश्यकता रहेको उनले औँल्याए। उनका अनुसार राज्यको नियमित तथा अत्यावश्यक दायित्व करिब १३ खर्ब ५० अर्ब रुपैयाँ रहेकोमा सरकारको आम्दानी करिब १२ खर्ब ५० अर्ब रुपैयाँ हाराहारी मात्रै छ।

अर्थमन्त्री वाग्लेले ऋण लिन नहुने, कर पनि तिर्न नपर्ने तर विकास भने जसरी पनि हुनुपर्ने सोचबाट सबै माथि उठ्नुपर्ने बताए। करको दायरा विस्तार गर्दा नयाँ क्षेत्रमा कर थपिएको भन्ने गुनासो आए पनि अन्तिम कर दायित्वबाट सर्वसाधारणलाई जोगाउने विषयमा सरकार सचेत रहेको उनले स्पष्ट पारे।

सरकारले २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटमार्फत निजी क्षेत्रलाई उत्साहित बनाउँदै करिब ६६ खर्ब रुपैयाँको अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको उनको भनाइ छ। उनले आगामी दिनमा प्रवासी नेपालीलाई समेत नेपालमा लगानी गर्न सहज हुने वातावरण निर्माणका लागि सरकारले आवश्यक कदम अघि बढाउने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved