Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चेरी वान्डाले सार्वजनिक गर्‍यो स्मार्ट विद्युतीय व्यावसायिक ईभी भ्यान

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 13, 2026
2.9KShares

काठमाडौं । नाडा मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाले स्मार्ट विद्युतीय व्यावसायिक ईभी भ्यान सार्वजनिक गरेको छ। कम्पनीका अनुसार एक्स्पोमा चेरी वान्डाका विभिन्न क्षमताका विद्युतीय व्यावसायिक सवारीसाधन प्रदर्शनमा राखिएका छन्, जहाँ ग्राहक तथा अवलोकनकर्ताले सवारीका विशेषता र प्रविधिबारे विस्तृत जानकारी लिन सक्नेछन्।

एक्स्पोको हल ‘डी’स्थित स्टल नम्बर १६ मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय भ्यान तथा मिनीबस प्रदर्शनमा राखिएका छन्। व्यावसायिक यातायातसँगै स्कुल तथा कलेजका लागि लक्षित गरी तयार गरिएका यी ईभीमा आधुनिक प्रविधि, उच्च ब्याट्री क्षमता, पिक पावर र पर्याप्त ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ११ र १२ सिट क्षमताका मोडलमा ४१.८६ किलोवाट आवर क्षमताको सीएटीएल ब्याट्री, ७० किलोवाट पिक पावर र १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ। यी मोडलले एकपटकको चार्जमा ३०० किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ। त्यस्तै, १४ सिट क्षमताको मोडलमा ५३.५८ किलोवाट आवर सीएटीएल ब्याट्री, ८० किलोवाट पिक पावर र २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्ससहित ३०० किलोमिटरसम्मको रेन्ज उपलब्ध रहेको छ।

त्यसैगरी, १६ सिट क्षमताको मिनीबसमा मोडलअनुसार ५३.५८ तथा ७० किलोवाट आवर क्षमताका सीएटीएल ब्याट्री प्रयोग गरिएको छ। यसमा ८० तथा १२० किलोवाट पिक पावर र २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ। उक्त मिनीबसले मोडलअनुसार एकपटकको चार्जमा २८० देखि ३५० किलोमिटरसम्म रेन्ज दिने बताइएको छ।

व्यावसायिक यातायातमा विद्युतीय सवारीप्रतिको आकर्षण बढिरहेका बेला चेरी वान्डाका यी ईभी भ्यानले यात्रु तथा व्यावसायिक प्रयोजनका लागि आरामदायी, आधुनिक र वातावरणमैत्री विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ। साथै, कम्पनीले ग्राहकलाई हायर पर्चेजमार्फत बिना धितो विद्युतीय गाडी खरिद गर्न सकिने सुविधा समेत उपलब्ध गराएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved