Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सिद्धार्थ बैंकको खुद नाफा ४.५४ प्रतिशतले बढ्यो, ३ अर्ब ५१ करोडभन्दा बढी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 11, 2026
0 shares

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्म ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव ५४ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ३६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ७ दशमलव २४ प्रतिशतले बढेर ९ अर्ब ५ करोड १२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी ८ अर्ब ४३ करोड ९८ लाख रुपैयाँ रहेको थियो। त्यस्तै, बैंकको खुद फि तथा कमिसन आम्दानी १७ दशमलव ६९ प्रतिशतले वृद्धि भई १ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ५८ करोड ४३ लाख रुपैयाँ थियो।

बैंकको कुल सञ्चालन आम्दानी पनि ८ दशमलव ५९ प्रतिशतले बढेर १२ अर्ब ५ करोड १६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कुल सञ्चालन आम्दानी ११ अर्ब ९ करोड ८६ लाख रुपैयाँ रहेको थियो। यसैगरी, बैंकको सञ्चालन नाफा ३ दशमलव ७८ प्रतिशतले बढेर ५ अर्ब १६ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सञ्चालन नाफा ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँ रहेको थियो।

बैंकको चुक्ता पुँजी १८ अर्ब २९ करोड ४४ लाख रुपैयाँ रहेको छ भने रिजर्भ तथा कोषमा १६ अर्ब ९२ करोड रुपैयाँ सञ्चित रहेको छ। बैंकको कुल सम्पत्ति अघिल्लो वर्षको ३ खर्ब ३८ अर्ब ८१ करोड रुपैयाँबाट बढेर ३ खर्ब ८९ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको कर्जा लगानी २ खर्ब १४ अर्ब ४५ करोड ६४ लाख रुपैयाँबाट बढेर २ खर्ब ३३ अर्ब ८७ करोड २६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, निक्षेप संकलन २ खर्ब ८० अर्ब ३२ करोड १३ लाख रुपैयाँबाट बढेर ३ खर्ब २७ अर्ब १ करोड ६४ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, बैंकको वितरणयोग्य नाफा भने घटेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८३ करोड ७८ लाख रुपैयाँ रहेको वितरणयोग्य नाफा समीक्षा अवधिमा घटेर १ अर्ब ७० करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ। वित्तीय सूचकअनुसार बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६ पैसा तथा प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ १७ पैसा रहेको छ। बैंकको निष्क्रिय कर्जा अनुपात भने अघिल्लो वर्षको ० दशमलव ६६ प्रतिशतबाट बढेर १ दशमलव ०६ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved