Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘विजय विस्फोट’ देउजा प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्य नियुक्त

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 9, 2026
4.7K shares

भक्तपुर । चार दशकदेखि नेपाली रंगमञ्चमा सक्रिय रंगकर्मी जीतबहादुर देउजा (विजय विस्फोट) नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिषद् सदस्यमा नियुक्त भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले साउन २२ गते उनलाई प्रतिष्ठानको परिषद् सदस्यमा नियुक्त गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको नियुक्तिसम्बन्धी पत्रअनुसार देउजासहित विभिन्न क्षेत्रबाट नौ जना पदाधिकारी तथा परिषद् सदस्य नियुक्त भएका छन् ।

नेपाली रंगमञ्चमा लामो समयदेखि सक्रिय देउजा नाट्य क्षेत्रमा प्रयोगशील तथा स्पष्ट विचार राख्ने रंगकर्मीका रूपमा परिचित छन् । उनले आफ्नो चार दशक लामो रंगयात्रामा नेपाली रंगमञ्चमा विसंगतिवादी नाट्य शैलीका नयाँ प्रयोग गर्दै आएका छन् । अभिनय तथा नाट्य सिर्जनाका माध्यमबाट नेपाली रंगमञ्चको विकासमा योगदान पु¥याउँदै आएका देउजाले समकालीन नाट्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् ।

देउजाको रंगयात्रा केवल नाट्य प्रस्तुतिमा मात्र सीमित छैन । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा विगतमा भएका भनिएका अवैधानिक नियुक्तिविरुद्ध उनले लामो कानुनी संघर्षसमेत गरेका थिए । प्रतिष्ठानमा भएका नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै उनले करिब १४ वर्षसम्म कानुनी संघर्ष गरेको बताइन्छ । त्यस्तै, नेपाली रंगकर्मीहरूको हकहित र अधिकारका लागि संगठन निर्माणमा पनि देउजाको महत्वपूर्ण भूमिका रहेको छ । उनी नाट्यकर्मी महासंघका संस्थापक हुन् । देशभर छरिएर रहेका नाट्यकर्मीलाई संगठित गर्दै उनीहरूको पेशागत अधिकार तथा हकहितका लागि आवाज उठाउने अभियानमा देउजाले अग्रणी भूमिका निर्वाह गरेका थिए ।

चार दशक लामो रंगमञ्च यात्राका क्रममा उनले नेपाली रंगमञ्चका अग्रज तथा समकालीन नाट्यकर्मीहरूमाझ स्पष्ट र खरो विचार राख्ने तथा आफ्ना धारणा दृढतापूर्वक प्रस्तुत गर्ने जुझारु रंगकर्मीको पहिचान बनाएका छन् ।
नाट्यकर्मीका रूपमा सिर्जना, प्रयोग र अधिकारको पक्षमा निरन्तर सक्रिय रहेका देउजाको प्रतिष्ठानको परिषद् सदस्यमा नियुक्तिलाई नेपाली रंगमञ्चमा लामो समयदेखि सक्रिय रंगकर्मीको प्रतिनिधित्वका रूपमा समेत हेरिएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ब्रेजेश खनाल प्रतिष्ठानको कुलपति, झुमा बनमे उपकुलपति तथा भूपेन्द्रसिंह रायमाझी सदस्य सचिव नियुक्त भएका छन् । त्यसैगरी छेन्दोक हाङ राई, सुभिमा श्रेष्ठ, सरस्वती चौधरी, राजन मुकारुङ र रेखा शाह गुरुङ परिषद् सदस्यमा नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved