Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

लुम्बिनी विकास बैंकमा रोजगारीको सुनौलो अवसर, विभिन्न तहमा कर्मचारी माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 5, 2026
984Shares

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले वित्त, लेखा तथा कोष व्यवस्थापन विभागका लागि कर्मचारी माग गरेको छ। बैंकले वरिष्ठ सहायक, पर्यवेक्षक र कनिष्ठ अधिकृत तहमा अर्धयोग्य चार्टर्ड लेखापाल (सेमी–क्वालिफाइड चार्टर्ड एकाउन्टेन्ट) पदका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको जनाएको छ।

बैंकका अनुसार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) वा भारतको चार्टर्ड एकाउन्टेन्ट संस्था (आईसीएआई) अन्तर्गतको ‘क्याप–२’ परीक्षा उत्तीर्ण गरी अनिवार्य व्यावसायिक प्रशिक्षण (आर्टिकलशिप) पूरा गरेको हुनुपर्नेछ। वित्त, लेखा वा लेखापरीक्षण क्षेत्रमा एकदेखि दुई वर्षसम्मको कार्यानुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइने बैंकले जनाएको छ।

उमेरको हदअनुसार कनिष्ठ अधिकृत पदका लागि अधिकतम ४० वर्ष तथा वरिष्ठ सहायक र पर्यवेक्षक पदका लागि अधिकतम ३५ वर्ष तोकिएको छ। आवेदन परेका उम्मेदवारमध्ये छनोटमा परेकालाई मात्र अन्तर्वार्ताका लागि बोलाइने बैंकले स्पष्ट गरेको छ।

इच्छुक तथा योग्य उम्मेदवारले आगामी भदौ ३ गते भित्र बैंकको करिअर पोर्टलमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। बैंकिङ क्षेत्रमा व्यावसायिक करिअर बनाउन चाहने योग्य युवाका लागि यो अवसर महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved