Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“सातौं कास्की आदर्श ‘वाइवाइ कप’ भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 3, 2026
180 shares

श्रीराम रानाभाट दुबई, यूएई – कास्की आदर्श समाज, यूएईको आयोजनामा बहुप्रतिक्षित “सातौं कास्की आदर्श वाइवाइ कप भलिबल प्रतियोगिता” हिजो मिति २ अगस्ट, आइतबारका दिन दुबईको स्पाटा स्पोर्ट्स क्लब, अल-खवानीजमा भव्य रूपमा सम्पन्न भएको छ।

१६ टिमको उत्साहजनक सहभागिता रहेको यो प्रतियोगिता निर्धारित समयभन्दा केही ढिला सुरु भए तापनि दिनभर चलेका सम्पूर्ण खेलहरू अत्यन्तै प्रतिस्पर्धात्मक, रोमाञ्चक र दर्शकहरुलाई अन्तिमसम्म बाँधेर राख्ने खालका रहे। परदेशको व्यस्तताका बाबजुद पनि खेल मैदानमा ओइरिएको दर्शकको घुइँचोले कार्यक्रमको गरिमालाई अझ बढाएको थियो।

सभापतित्व र प्रमुख अतिथि

सिजी ग्रुपको मुख्य प्रायोजन (Title Sponsor) मा सम्पन्न उक्त प्रतियोगिताको सभापतित्व समाजका अध्यक्ष शिवराज बस्ताकोटीले गरेका थिए भने प्रमुख अतिथिको रूपमा सिजी ग्रुपका फाइनान्सियल हेड दिपेश हमालले गरेका थिए ।

कार्यक्रमको समुद्घाटन सभापति, प्रमुख अतिथि एवं सम्पूर्ण अतिथिहरूद्वारा खेलाडीहरूलाई बल हस्तान्तरण तथा ब्यानरमा हस्ताक्षर गरी गरिएको थियो। यस अवसरमा को-स्पोन्सर स्टार म:मका सञ्चालकद्वय विकास शाही एवं भुवानी प्रसाद तिमल्सिना लगायत यूएईमा क्रियाशील विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू, समाजसेवी, पत्रकार तथा खेलप्रेमी महानुभावहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतियोगिताको नतिजा:

कडा प्रतिस्पर्धालाई पछि पार्दै यस संस्करणको उपाधि परदेशी हातेमालो भलिबल टिमले चुम्न सफल भएको छ। फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै परदेशी हातेमालो प्रथम हुन सफल भएको हो।

त्यसैगरी निकै प्रतिस्पर्धात्मक फाइनल भिडन्तमा रुपन्देही बुटवल भलिबल टिम द्वितीय हुन पुगेको छ। तृतीय अर्थात सान्त्वना पुरस्कार दुई टिमले प्राप्त गरेका छन्, जसमा आयोजक कास्की आदर्श समाज भलिबल टिम र तनहुँ सेवा समाज भलिबल टिम रहेका छन्।

विजेता टिमले नगद दिराम ५००० सहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद दिराम ३००० सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे भने सान्त्वना टिमलाई जनही नगद ८०० सहित सम्मान गरिएको थियो।

विधागत पुरस्कारमा चम्किएका ताराहरू:

आयोजकको तर्फबाट खेलाडीहरूको व्यक्तिगत प्रदर्शनको मूल्याङ्कन गरी विभिन्न विधामा सम्मान गरिएको थियो, जस अनुसार

• बेस्ट ब्लकर: निकेश महत

• बेस्ट स्पाइकर: सुनिल ढकाल

• बेस्ट लिबेरो: सागर लामिछाने

• बेस्ट सर्भर: मिलन चन्द ठकुरी

• बेस्ट सेटर: बिनोद नेपाली

• बेस्ट प्लेयर अफ द टुर्नामेन्ट: मनिष मानन्धर

• बेस्ट कोच: आशिष कुँवर, लाई प्रदान गरिएको थियो । खेलाडीहरुमा थप हौसला मिलोस् भन्ने हेतुले विधागत रूपमा सम्मान गरिएको जानकारी प्रतियोगिता संयोजक सन्तोष गुरुङले दिएका थियो ।

आभार तथा धन्यवाद:

यस ऐतिहासिक सातौं संस्करणलाई सफल पार्न आर्थिक, नैतिक र भौतिक रूपमा सहयोग गर्नुहुने टाइटल स्पोन्सर सिजी ग्रुप / वाइवाइ चाउचाउ परिवार, को-स्पोन्सर स्टार मम लगायत सम्पूर्ण व्यावसायिक प्रायोजकहरू तथा व्यक्तिगत सहयोगदाताहरूप्रति कास्की आदर्श समाजले हार्दिक धन्यवाद व्यक्त गर्नुका साथै, यस कार्यक्रमलाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने प्रतियोगिता संयोजक, खेलकुद संयोजक, आर्थिक संयोजक लगायत दिनरात अहोरात्र खटिएका समाजका सम्पूर्ण सामाजिक व्यक्तित्वहरू, स्वयंसेवकहरु र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्णमा कार्यक्रमका सभापति, प्रमुख अतिथि तथा वक्ताहरूले आफ्नो वक्तव्यका क्रममा आभार प्रकट गरेका थिए ।

कास्की आदर्श समाज यूएईले आगामी दिनहरूमा पनि यस्तै रचनात्मक कार्यक्रमहरू आयोजना गर्दै जाने र यस्तै निरन्तर सहयोग र सद्भावको अपेक्षा कार्यक्रमका सभापति तथा समाजका अध्यक्ष बस्ताकोटीले कार्यक्रम समापनको अवसरमा प्रकट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved