Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

खोटाङका प्रदीप राईले जिते दक्षिण कोरियामा ‘मिस्टर फिटनेस नेपाल’ उपाधि

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 3, 2026
21Shares

काठमाडौँ । दक्षिण कोरियाको सुवनमा आयोजित ‘थर्ड मिस्टर फिटनेस नेपाल (Men’s Physique)’ प्रतियोगिताको ओभरअल उपाधि खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका प्रदीप राईले जितेका छन्। फिटनेस नेपालको आयोजनामा “स्वास्थ्य नै धन हो” भन्ने मूल नारासहित सम्पन्न प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गर्दै उपाधिसहित १५ लाख कोरियन वोन नगद पुरस्कार हात पारेका हुन्।

प्रतियोगितामा १५ जना प्रतिस्पर्धीले तीन विधामा प्रतिस्पर्धा गरेका थिए। १६० सेन्टिमिटर मुनिको विधामा प्रदीप राई प्रथम, विक्रम चेम्जोङ दोस्रो तथा अमित लिम्बु तेस्रो भए। १६५ सेन्टिमिटर मुनिको विधामा जीत थापा प्रथम, ज्याक दोस्रो र सागर वाइबा तेस्रो स्थानमा रहे। त्यस्तै, १६५ सेन्टिमिटरमाथिको विधामा भीम श्रीस मगर प्रथम, रबिन तामाङ दोस्रो तथा अभिषेक श्रेष्ठ तेस्रो बने।

तीनै विधाका विजेताबीच भएको ओभरअल प्रतिस्पर्धामा प्रदीप राई पहिलो स्थान हासिल गर्दै प्रतियोगिताको मुख्य उपाधि जित्न सफल भए। प्रतियोगितामा भीम श्रीस मगर दोस्रो हुँदै १० लाख कोरियन वोन तथा जीत थापा तेस्रो स्थानसहित ५ लाख कोरियन वोन नगद पुरस्कारबाट सम्मानित भएका आयोजकले जनाएको छ।

आयोजक फिटनेस नेपालका अनुसार दक्षिण कोरियामा रहेका नेपाली युवाहरूलाई नियमित व्यायाम, स्वस्थ जीवनशैली र फिटनेस संस्कृतिप्रति आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगिताले प्रवासमा रहेका नेपालीबीच स्वास्थ्य सचेतना अभिवृद्धि गर्न सकारात्मक योगदान पुर्‍याएको आयोजकको विश्वास छ।

विजेता प्रदीप राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कका स्थायी बासिन्दा हुन्। नेपाली गीत–संगीत क्षेत्रमा समेत परिचित उनी रोजगारीका सिलसिलामा हाल दक्षिण कोरियामा कार्यरत छन्। उनी श्रम संस्कृति पार्टी प्रवास समिति दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्षसमेत रहेका छन्। प्रतियोगितामा प्राप्त सफलताले खोटाङसहित नेपाली समुदायमा खुसीको वातावरण सिर्जना गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

ढुङ्गे–त्रिशूली झोलुङ्गे पुल र सडक सम्पर्क टुट्दा बिरामीले भोग...

  • October 25, 2026

बालेन शाह नेपालकै पाँच ‘सुपर भाग्यमानी’ प्रधानमन्त्रीमध्ये एक ...

  • October 25, 2026

‘६० जनाबाट सुरु भएको जनयुद्धले देशलाई गणतन्त्रमा पुर्‍यायो’ : ...

  • October 25, 2026

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सम्पन्न, भाषा र संस...

  • October 25, 2026

माैसम : देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

  • October 25, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved