Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पहिलो पटक यूएईमा वाइवाइ कप भलिबल प्रतियोगिता”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • August 1, 2026
50.6K shares

श्रीराम रानाभाट दुबई, युएई — प्रवासमा रहेर पनि आफ्नो जन्मभूमि कास्कीको पहिचान र नेपाली एकतालाई जोगाइरहेको संस्था कास्की आदर्श समाज यूएईले आफ्नो वार्षिक खेलकुद उत्सवको रुपमा रहेको प्रतिष्ठित “सातौं कास्की कप भलिबल प्रतियोगिता” आयोजना गर्ने भएको छ।

समाजले दिएको जानकारी अनुसार प्रतियोगिता यही अगष्ट ०२ तारिख, आइतबारका दिन दुबईस्थित स्पाटा स्पोर्ट्स क्लब, अल खवानीजमा भव्य रुपमा सञ्चालन हुनेछ। बिहानैदेखि सुरु हुने यस खेलउत्सवमा यूएईका विभिन्न इमिरेट्सबाट १६ टिमको सहभागिता रहने निश्चित भएको छ।

प्रवासी नेपाली समुदायमा भलिबलप्रतिको क्रेज र युवाहरुमा बढ्दो उत्साहलाई मध्यनजर गर्दै विगत केही वर्षदेखि निरन्तर आयोजना हुँदै आएको कास्की कप यस वर्ष अझ बढी व्यवस्थित र प्रतिस्पर्धात्मक हुने आयोजकले जनाएको छ।

मुख्य प्रायोजकमा वाइवाइ चाउचाउ:

यस वर्षको प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा नेपालीहरुको जिब्रोमा झुण्डिएको ब्रान्ड वाइवाइ चाउचाउ रहेको छ। प्रवासमा नेपाली कला, संस्कृति र खेलकुदलाई माया गरेर सहयोग गरेकोमा आयोजक संस्थाले वाइवाइ परिवार तथा ब्रान्ड मेनेजर गणेश बास्तोलालाई विशेष धन्यवाद व्यक्त गरेको छ। वाइवाइको साथले प्रतियोगितालाई थप उचाइ र ऊर्जा मिलेको समाजका खेलकुद संयोजकले बताउनुभयो।

आकर्षक पुरस्कार राशि:-

खेललाई थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन आयोजकले आकर्षक पुरस्कारको व्यवस्था गरेको छ।

यस प्रतियोगितामा प्रथम हुने विजेता टिमले नगद दिराम ५,०००/ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने उपविजेता टिमले नगद दिराम ३,०००/ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै सेमिफाइनलसम्म पुगेर पराजित हुने दुई सान्त्वना टिमलाई पनि हौसला स्वरुप जनही नगद दिराम ८००/८०० सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जानकारी दिएको छ।

एकताको पर्व बन्दै कास्की कप:-

यो केवल भलिबल प्रतियोगिता मात्र नभएर यूएईमा छरिएर रहेका कास्केली तथा सम्पूर्ण नेपालीहरु बिच भाइचाराको सम्बन्ध गाढा बनाउने एकताको पर्व बन्दै गएको छ।

समाजका एक पदाधिकारीले भने, “हामी परदेशमा छौं, कामको व्यस्तताले थाकेका मनहरुलाई एकछिन भएपनि रमाइलो गराउन, युवाहरुलाई कुलतबाट जोगाएर खेलकुदतर्फ आकर्षित गर्न र हाम्रो राष्ट्रिय खेल भलिबलको जगेर्ना गर्न हामीले यो प्रतियोगिता निरन्तर गरिरहेका हौं।”

साथै युएईमा रहेका सम्पूर्ण खेलप्रेमी, समाजसेवी, पत्रकार तथा नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई उपस्थित भएर खेलको शोभा बढाइदिन र खेलाडीहरुको हौसला बढाइदिन आयोजकले हार्दिक अनुरोध गरेको छ ।

प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको र खेल तालिका, अम्पायर तथा व्यवस्थापन टोली तयारी अवस्थामा रहेको आयोजकले जनाएको छ। भोलिको घामसँगै अल खवानीजमा नेपाली युवाहरुको जोश, जाँगर र भलिबलको रोमाञ्चक भिडन्त हेर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved