
तिमीलाई राजा बनाउन विधानले दिँदैन,
तिमी प्रजा रहिरहन तिम्रो अडानले दिँदैन।

पुग्न त माथि पुग्नुपर्ने मान्छे हौ साथी तिमी,
तर तिम्रा भेडा बाख्राको बथानले दिँदैन।
हुने नहुने बोलेर चर्चा बटुल्नका लागि,
हामीलाई हाम्रो संस्कारको रुझानले दिँदैन ।
आमा त आशीर्वाद दिनुहुन्छ चिरिन्जीवी भएस् ,
चिरञ्जीवी हुनलाई मैले गर्ने धुम्रपानले दिँदैन ।
आफ्नै पाखुरामा परिश्रम गर्ने मान्छेलाई कहिलै
अरुका अगाडि सिर झुकाउन स्वाभिमानले दिँदैन ।
श्रीराम रानाभाट
हाल – दुबई !!









