Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपालको पहिलो सुरुङमार्ग आजबाट सञ्चालनमा ल्याइदै, तीन महिना परीक्षणपछि मात्रै सबै सवारीलाई अनुमति

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2026
6K shares

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिने भएकाे छ। करिब ८० महिनाको निर्माण अवधि पार गर्दै सञ्चालनमा आएको यो सुरुङमार्गले काठमाडौं–धादिङ आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ।

भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जापानका राजदूत मायदा तोरु तथा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन हुने श्राेतले जनाएकाे छ।

सडक विभागअन्तर्गत नागढुङ्गा सुरुङमार्ग आयोजनाका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीका लागि खुला गरिने छैन। पहिलो चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सञ्चालनको अनुमति दिइनेछ। करिब तीन महिनाको परीक्षण अवधिमा सुरुङभित्रको सुरक्षा प्रणाली, ट्राफिक व्यवस्थापन, भेन्टिलेसन, सञ्चार तथा उद्धार संयन्त्रको प्रभावकारिता परीक्षण गरिनेछ। परीक्षण सफल भएपछि अन्य सवारीलाई चरणबद्ध रूपमा सञ्चालन अनुमति दिइनेछ।

परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीबाट कुनै शुल्क नलिइने आयोजनाले जनाएको छ। नियमित सञ्चालनपछि भने कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ। मिनीबस, ट्रक र टिपरका लागि ८० देखि ११५ रुपैयाँ तथा बस र ठूला ट्रकका लागि २०० देखि २६० रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ। भविष्यमा नगदरहित (क्यासलेस) भुक्तानी प्रणाली लागू गर्ने तयारीस्वरूप आरएफआईडी (N-Tag) प्रविधिमा आधारित आधुनिक टोल प्रणाली पनि जडान गरिएको छ।

सुरुङमार्गमा पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा पेट्रोल, डिजेल, एलपी ग्यास वा अन्य प्रज्ज्वलनशील तथा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई प्रवेश निषेध गरिनेछ। आयोजनाअन्तर्गत २,६८८ मिटर लामो मुख्य सुरुङ र २.५५ किलोमिटर लामो छुट्टै उद्धार सुरुङ निर्माण गरिएको छ। सुरुङभित्र अत्याधुनिक भेन्टिलेसन प्रणाली, सिसिटिभी निगरानी, आपतकालीन टेलिफोन, अग्नि नियन्त्रण प्रणाली, अक्सिजन आपूर्ति, विद्युत् ब्याकअप र उद्धार उपकरण जडान गरिएको आयोजनाले जनाएको छ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक (टोटीपाखा) देखि धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलासम्म जोडिएको यो सुरुङमार्ग सञ्चालनमा आएपछि नागढुङ्गाको उकालो, घुमाउरो सडक र लामो ट्राफिक जामबाट यात्रुले राहत पाउने विश्वास गरिएको छ। यसले बलम्बुदेखि सिस्नेखोलासम्मको दूरी घटाउनुका साथै यात्राको समय करिब आधादेखि एक घण्टासम्म बचत हुने अनुमान गरिएको छ।

सन् २०१९ अक्टोबरमा सुरु भएको आयोजना ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर कोभिड–१९ महामारी, जग्गा अधिग्रहण, मुआब्जा विवाद, प्राविधिक तथा प्रशासनिक जटिलताका कारण निर्माणमा उल्लेख्य ढिलाइ भयो।

जापान सरकारको सहुलियतपूर्ण ऋण र नेपाल सरकारको लगानीमा करिब २५ अर्ब रुपैयाँ खर्च भएको यस आयोजना नेपालको आधुनिक सडक सुरुङ प्रविधिको पहिलो नमुना मानिएको छ,जसकाे शिलान्यास तत्कालीन प्रधानमन्त्री केपि ओलिले गरेका थिए। अबका दिनमा सिद्धबाबा, खुर्कोटलगायत प्रस्तावित सुरुङमार्ग निर्माणका लागि पनि आधार तयार गरेको सरकारी अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठ...

  • July 27, 2026

‘जय श्रीराम’ लेखिएको झण्डादेखि सुरु भएको विवाद हिं...

  • July 27, 2026

देवानगञ्ज घटनाबारे गृहमन्त्रीसँग गम्भीर छलफल, उच्चस्तरीय छानबि...

  • July 27, 2026

नेपालको पहिलो सडक सुरुङमार्ग सञ्चालनमा, केही दिन अत्यावश्यक सव...

  • July 27, 2026

काठमाडौंको तीन थानामा मिनी ट्रकसँग स्कुटर ठोक्किँदा दुई जनाको ...

  • July 27, 2026

हलेशीमा बोलबम टोलीलाई स्वागत : सामाजिक सद्भावको सन्देश दिन खोज...

  • July 27, 2026

हिन्दु–मुस्लिम झडपपछि प्रशासनको कडा कदम, सुनसरीका पाँच संवेदनश...

  • July 27, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved