Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

देवानगञ्ज घटनाबारे गृहमन्त्रीसँग गम्भीर छलफल, उच्चस्तरीय छानबिन र विशेष निर्णयको तयारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 27, 2026
9.9K shares

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनापछि उत्पन्न अवस्था तथा त्यसपछिका सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै गृहमन्त्री सुदन गुरुङसँग गम्भीर छलफल गरिएको छ। छलफलका क्रममा घटनाको संवेदनशीलता, स्थानीय सुरक्षा अवस्था तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदमबारे विस्तृत रूपमा ध्यानाकर्षण गराइएको बताइएको छ।

छलफलमा देवानगञ्ज घटनाको पृष्ठभूमि, स्थानीय वस्तुस्थिति तथा सरकारले तत्काल र दीर्घकालीन रूपमा अवलम्बन गर्नुपर्ने नीतिगत निर्णयबारे आवश्यक सुझावहरू पनि गृहमन्त्रीसमक्ष प्रस्तुत गरिएको जनाइएको छ। स्थानीय तहबाट प्राप्त जानकारी र सम्भावित जोखिमका विषयमा समेत मन्त्रीलाई अवगत गराइएको बताइएको छ।

गृहमन्त्री सुदन गुरुङले देवानगञ्ज घटनाबारे आफू पूर्ण रूपमा जानकार रहेको उल्लेख गर्दै भविष्यमा हिन्दु–मुस्लिम समुदायका नाममा कुनै पनि स्थानमा यस्ता घटना दोहोरिन नदिने गरी गृह मन्त्रालयले आवश्यक अनुसन्धान र तयारी गरिरहेको जानकारी दिएका छन्। उनले शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न मन्त्रालय प्रतिबद्ध रहेको पनि बताएका छन्।

मन्त्री गुरुङका अनुसार घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने तयारी भइरहेको छ। साथै, प्रधानमन्त्रीसँग छलफल गरी घटनासँग सम्बन्धित विशेष निर्णय सार्वजनिक गर्ने तयारीसमेत भइरहेको उनले बताएका छन्।

देवानगञ्ज घटनापछि सुरक्षा निकायले प्रभावित क्षेत्रमा निगरानी बढाएको छ भने स्थानीय प्रशासनले पनि शान्ति, सद्भाव र कानुनी शासन कायम राख्न सबै पक्षसँग संयम अपनाउन आग्रह गरेको छ। सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीमाथि कानुनी कारबाही र भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी आवश्यक नीतिगत निर्णय लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

‘आफ्नो ज्ञान, सीप र अनुभव देश विकासमा लगाउनुहोस्’ : प्रधानमन्त...

  • September 30, 2026

सीपलाई रोजगारी र उत्पादनसँग जोड्न सभामुख अर्यालको जोड

  • September 30, 2026

४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम आयोज...

  • September 30, 2026

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved