काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालयले २९ जना इन्स्पेक्टरको खुला प्रतियोगिताद्वारा पदपूर्ति गरिने जनाएको छ ।
२०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनमा २१ र ८ वटा नयाँ सिट थप गर्दै अब कुल २९ जनाको भर्ना गरिने जानकारी प्रहरीले दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार, सम्मानित सर्वोच्च अदालतबाट जारी भएको परमादेश बमोजिम आर्थिक वर्ष २०७९–८० मा समावेशी समूहमा समावेश नगरिँदा वास्तविक रूपमा गुम्न गएका पदहरूको क्षतिपूर्ति स्वरूप यो सङ्ख्या थप गरिएको हो ।
समावेशी प्रावधान अनुसार पदहरू समायोजन गरी हालको प्रचलित कानुन बमोजिम नै यो पदपूर्ति प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।



















