Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अमेरिकामा नेपाली करातेको ऐतिहासिक उपलब्धि: सिहान शान्त थोकर सातौँ डानबाट सम्मानित, यस्तो उपलब्धि हासिल गर्ने पहिलो नेपाली

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 23, 2026
1.3K shares

काठमाडौं। नेपाली मूलका वरिष्ठ कराते प्रशिक्षक सिहान शान्त थोकर अमेरिकामा करातेको प्रतिष्ठित सातौँ डान (Kyoshi) प्राप्त गर्ने पहिलो नेपाली बनेका छन्। अमेरिकाको वासिङ्टन राज्यको सियाटलमा जुलाई १७ मा सम्पन्न यूएसए नेशनल कराते–डो च्याम्पियनसिप का अवसरमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

पेन्सिल्भेनियाको ल्यानकास्टर निवासी थोकरलाई कराते–डोको विकास, अन्तर्राष्ट्रिय स्तरमा नेपाली करातेको पहिचान स्थापित गर्न पुर्‍याएको योगदान, दीर्घकालीन साधना तथा प्रशिक्षकका रूपमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै सातौँ डान प्रदान गरिएको हो। उक्त सम्मान यूएसए नेशनल कराते–डो फेडरेशनकी अध्यक्ष एलिसा आउद्वारा हस्ताक्षरित प्रमाणपत्रमार्फत प्रदान गरिएको हो।

सातौँ डान प्राप्त गरेपछि समाज टाइम्ससँग प्रतिक्रिया दिँदै थोकरले भने, “छैटौँ डानपछि सातौँ डान प्राप्त गर्न केही वर्ष ढिला भयो। तर ४५ वर्षभन्दा लामो कराते यात्राको मूल्यांकन भएकोमा अत्यन्त खुसी छु। यो उपलब्धि मेरो मात्र होइन, सम्पूर्ण नेपाली कराते समुदायको गौरव हो।”
करातेमा ब्ल्याक बेल्टपछि प्राप्त हुने उच्च तहलाई डान भनिन्छ। सातौँ डानलाई ‘क्योसी (Kyoshi)’ अर्थात् गुरु तथा विशेषज्ञ प्रशिक्षकको स्तर मानिन्छ। यस तहमा पुग्न उत्कृष्ट प्राविधिक क्षमता मात्र नभई करातेको दर्शन, शिक्षण, नेतृत्व तथा खेल विकासमा दीर्घकालीन योगदानको मूल्यांकन गरिन्छ। सामान्यतः छैटौँ डानपछि सातौँ डान प्राप्त गर्न कम्तीमा ६–७ वर्षको निरन्तर साधना र योगदान आवश्यक पर्ने अन्तर्राष्ट्रिय मान्यता रहेको छ।

थोकरले सन् १९९७ मा नेपाल शोतोकान कराते एसोसिएसन तथा जापान कराते एसोसिएसनबाट प्रथम डान प्राप्त गरेका थिए। त्यसपछि जापान तथा अमेरिकाका विभिन्न अन्तर्राष्ट्रिय कराते संस्थाबाट क्रमशः दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ डान हासिल गर्दै उनले सन् २०२६ मा सातौँ डान प्राप्त गरेका हुन्।
सन् २००७ देखि अमेरिकामा कराते विद्यालय सञ्चालन गर्दै आएका थोकर अमेरिकामा कराते स्कूल स्थापना गर्ने पहिलो नेपालीका रूपमा समेत परिचित छन्। उनले सयौँ विद्यार्थीलाई कराते प्रशिक्षण दिँदै आएका छन् भने विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको आयोजना र प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

दोलखाको चरिकोटस्थित कालिञ्चोक माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका थोकरले उच्च शिक्षाका लागि काठमाडौं आएपछि करातेलाई जीवनको मुख्य साधनाका रूपमा अघि बढाएका थिए। उनी भीम लामा प्रहरी प्रशिक्षण केन्द्रमा समेत कराते प्रशिक्षकका रूपमा कार्यरत रहिसकेका छन्।

चार दशकभन्दा बढी समयदेखि करातेको साधना, प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रचार–प्रसारमा सक्रिय थोकरको सातौँ डान प्राप्ति नेपाली कराते इतिहासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। खेलकुद क्षेत्रका व्यक्तित्वहरूले उनको सफलताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा थप उचो बनाएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved