Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बागमतीमा एमालेले सरकार नछाड्ने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 21, 2026
1.1K shares

काठमाडौं । केन्द्रीय सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेश सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमालेले तत्कालका लागि आफ्नो निर्णय स्थगित गरेको छ। सोमबार बिहान काठमाडौंको कोटेश्वरमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पार्टीको केन्द्रीय नेतृत्वबाट स्पष्ट निर्देशन नआएसम्म सरकार नछाड्ने निष्कर्ष निकालेको हो।

यसअघि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा रहेका आफ्ना मन्त्रीलाई सामूहिक राजीनामा दिन निर्देशन दिएको थियो। संसदीय दलका नेता जगन्नाथ थपलियाले आइतबार साँझ मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई सरकारबाट बाहिरिने जानकारी गराइसकेको बताएका थिए। तर पछिल्लो राजनीतिक घटनाक्रमपछि तत्काल राजीनामा नदिने निर्णय गरिएको हो।

कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेलले पार्टीको माथिल्लो तहबाट कुनै औपचारिक निर्देशन प्राप्त नभएको स्पष्ट पार्दै सञ्चारमाध्यममा आएका राजीनामासम्बन्धी समाचारलाई आधारहीन बताएका छन्। उनले निर्देशन प्राप्त भएपछि मात्रै पार्टीको निर्णयअनुसार अघि बढ्ने बताए।

उनका अनुसार बैठकमा पार्टी सचिव महेश बस्नेत पनि सहभागी थिए। केन्द्रमा वर्तमान गठबन्धनका विषयमा छलफल जारी रहेकाले प्रदेश सरकारका सम्बन्धमा तत्काल कुनै निर्णय नगरिएको जानकारी बैठकमा दिइएको थियो।

मन्त्री पौडेलले अहिले पनि बागमती प्रदेशमा नेपाली कांग्रेससँगको गठबन्धन औपचारिक रूपमा कायम रहेको बताए। मन्त्रालय पुनर्संरचना, बिना विभागीय मन्त्रीको जिम्मेवारी तथा सरकारको भावी स्वरूपबारे एक–दुई दिनभित्र थप स्पष्टता आउने अपेक्षा गरिएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved