Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

काँग्रेसकी प्रदेश सदस्य अञ्जना राईसहित २१ जना श्रम संस्कृति पार्टीमा प्रवेश

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 20, 2026
13.1K shares

धरान । नेपाली काँग्रेसकी कोशी प्रदेश सदस्य, कृषि तथा भूमि सुधार विभाग (कोशी प्रदेश) प्रमुख तथा युवा व्यवसायी अञ्जना राई नेतृत्वको टोलीले नेपाली काँग्रेस परित्याग गर्दै साउन ३ गते २१ जना सहित श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष हर्क साम्पाङले नवप्रवेशीहरूलाई अविर, खादा तथा श्रमदाताको परिचयपत्र प्रदान गर्दै स्वागत गरेका हुन् ।

पार्टी प्रवेशपछि बोल्दै नेतृ राईले नेपाली काँग्रेसमा लामो समय इमान्दारपूर्वक योगदान गरे पनि पार्टीभित्र देखिएको गुट–उपगुट, कार्यकर्तामैत्री वातावरणको अभाव र सुधारको सम्भावना नदेखिएकाले नयाँ राजनीतिक यात्रा रोज्नुपरेको बताइन् । उनले श्रम संस्कृति पार्टीले अघि सारेको श्रम, इमान्दारिता र देश निर्माणको अभियानबाट प्रभावित भएर पार्टी प्रवेश गरेको स्पष्ट पारिन् ।

आफूले विगत करिब एक दशक नेपाली काँग्रेसको विभिन्न तहमा रहेर काम गरेको उल्लेख गर्दै अब देश निर्माणको अभियानमा नयाँ उत्साहका साथ श्रम संस्कृति पार्टीमार्फत योगदान दिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले अन्य दलका कार्यकर्ताहरू श्रम संस्कृति पार्टीमा जोडिनु सकारात्मक संकेत भएको बताए । ‘देश गफले होइन, श्रमले बन्छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रको हितमा काम गर्ने सोच भएकाहरूका लागि हाम्रो पार्टी खुला छ’, उनले भने । साम्पाङले श्रम संस्कृति पार्टी परिवर्तनको अभ्यासमा विश्वास गर्ने राजनीतिक शक्ति भएको दाबी गर्दै जहाँ पुगे पनि काममार्फत परिवर्तन देखाउने उद्देश्यका साथ अघि बढिरहेको बताए ।

पार्टी प्रवेशको कारणबारे नेतृ राईले अध्यक्ष हर्क साम्पाङको नेतृत्व, स्पष्ट दृष्टिकोण, इमान्दारिता र देश निर्माणप्रतिको प्रतिबद्धताले आफूलाई आकर्षित गरेको बताइन् । उनले अहिले देश निर्माणको अभियानमा श्रम संस्कृति पार्टी अग्रपंक्तिमा रहेको दाबी गर्दै सोही अभियानमा सहयात्री बन्न पार्टी रोजेको उल्लेख गरिन् ।

राईले नेपाली काँग्रेसमा पछिल्लो समय संगठनात्मक विचलन बढ्दै गएको, गुट–उपगुटको राजनीतिले तल्लो तहका कार्यकर्ताको भूमिकालाई कमजोर बनाएको र नयाँ नेतृत्व आए पनि अपेक्षित सुधार हुन नसकेकाले पार्टी परित्याग गर्ने निर्णयमा पुगेको बताइन् ।

अञ्जना राईसहित २१ जनाको प्रवेशलाई श्रम संस्कृति पार्टीले आफ्नो संगठन विस्तारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved