Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

दिक्तेल रुपाकोट मझुवागढीमा ८६ बढी स्वास्थ्य स्वयंसेविका नियुक्ति, २० लाखभन्दा बढी खर्चमा महालेखाको प्रश्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 14, 2026
3 shares

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आवश्यकताभन्दा ८६ जना बढी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका नियुक्ति गरी उनीहरूलाई उपलब्ध गराइएको सेवा–सुविधामा २० लाख २९ हजार ६ सय रुपैयाँ खर्च गरेको विषयलाई महालेखा परीक्षकको कार्यालयले आर्थिक अनियमितता औंल्याएको छ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम रणनीति, २०६७ को दफा २.३.५ (ख) मा स्थानीय तहले सामान्यतया तराईमा एक हजार, पहाडमा ६ सय र हिमाली क्षेत्रमा १ सय ५० जनसंख्याका लागि एक जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका रहने गरी छनोट गर्नुपर्ने व्यवस्था छ। यद्यपि स्थानीय तहको भौगोलिक अवस्था, आवश्यकता र आर्थिक क्षमताका आधारमा थप स्वयंसेविका राख्न सकिने भए पनि त्यसबाट सिर्जना हुने आर्थिक दायित्व सम्बन्धित स्थानीय तहले नै व्यहोर्नुपर्ने उल्लेख गरिएको छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जनसंख्या ४३ हजार ८ रहेको छ। सो जनसंख्याका आधारमा पहाडी क्षेत्रका लागि लागू हुने मापदण्डअनुसार नगरपालिकामा अधिकतम ७२ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका पर्याप्त हुने देखिन्छ। तर नगरपालिकाले १५८ जना स्वयंसेविका राखेकाले तोकिएको मापदण्डभन्दा ८६ जना बढी स्वयंसेविका नियुक्त गरिएको महालेखाले जनाएको छ।

प्रतिवेदनअनुसार संघीय सरकारको सशर्त चालु अनुदानबाट ती स्वयंसेविकालाई पोशाक भत्ताबापत ८ लाख ६० हजार रुपैयाँ, यातायात खर्चबापत १० लाख ३२ हजार रुपैयाँ तथा भिटामिन ‘ए’ अभियानमा सहभागी गराउँदा यातायात खर्चबापत १ लाख ३७ हजार ६ सय रुपैयाँ गरी कुल २० लाख २९ हजार ६ सय रुपैयाँ भुक्तानी गरिएको थियो। महालेखाले उक्त खर्च नियमसम्मत नदेखिएको उल्लेख गर्दै यसलाई आर्थिक अनियमितताको रूपमा औंल्याएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved