Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा चाँगुनारायण आगामी स्थानीय तह निर्वाचनको तयारीमा, विज्ञ र सल्लाहकार समितिको जगमा ५ वर्षे गुरुयोजना बन्दै

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 12, 2026
21 shares

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समिति आगामी स्थानीय तह निर्वाचनको आन्तरिक तयारी र रणनीतिक योजना निर्माणमा सघन रूपमा जुटेको छ । तल्लो तहदेखि माथिल्लो तहसम्मका सांगठनिक अधिवेशनहरू सफलतापूर्वक सम्पन्न गरेसँगै नगर समितिले चुनावी र पालिका विकासको खाका कोर्न सुरु गरेको हो ।

पार्टीको मेरिटोक्रेसी (योग्यता प्रणाली) र खुला आह्वानको नीति अनुरूप नगर समितिले यसअघि नै विज्ञ समूह गठन गरिसकेको छ । उक्त समूहमा आबद्ध सहरी विकास, पूर्वाधार तथा गुरुयोजनाविद्, अर्थशास्त्री, राजस्व रणनीतिकार, सार्वजनिक नीति तथा प्रशासनिक विज्ञ, शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रका जानकारका साथै सम्पदा, पर्यटन र संस्कृतिविद्हरूलाई चाँगुनारायणको वस्तुनिष्ठ योजना बनाउन परिचालन गरिने नगर समितिका सभापति रोशन थापाले जानकारी दिए ।

नगर समितिलाई थप परिपक्व र दूरदर्शी राजनीतिक मार्गनिर्देशन प्रदान गर्न तथा आसन्न निर्वाचनको रणनीतिक तयारीलाई व्यवस्थित बनाउन एक उच्चस्तरीय सल्लाहकार समिति गठनको तयारी समेत अन्तिम चरणमा पुगेको सभापति थापाले बताए ।

उनका अनुसार उक्त सल्लाहकार समितिले चाँगुनारायण नगरपालिकाका ९ वटै वडामा पुगेर त्यहाँका स्थानीय राजनीतिकर्मी, समाजसेवी, पूर्वप्रशासक, व्यवसायी, समाजमा प्रतिष्ठित व्यक्तित्व र विषय विज्ञहरूसँग व्यापक छलफल तथा अन्तरक्रिया सञ्चालन गर्नेछ । तल्लो तहबाट आउने सुझाव र विज्ञ समूहको प्राविधिक दक्षतालाई संयोजन गर्दै चाँगुनारायणको व्यावहारिक र विशेष ५ वर्षे गुरुयोजना निर्माण गर्ने नगर समितिको योजना छ ।

सल्लाहकार समिति र विज्ञ समूहको संयुक्त सुझावका आधारमा रास्वपा चाँगुनारायणले पालिकाको वार्षिक बजेटको लक्ष्य, दिगो विकासको ५ वर्षे मार्गचित्र, सार्वजनिक जग्गा व्यवस्थापनको नीति र स्थानीय तहको आन्तरिक स्रोत पहिचानको रणनीतिक खाका कोर्नेछ । आगामी निर्वाचनमा पार्टीका चुनावी एवं विकासका एजेन्डाहरूलाई केवल गफमा मात्र सीमित नराखी पूर्ण रूपमा तथ्य र तथ्याङ्कमा आधारित बनाइने प्रतिबद्धता सभापति थापाले व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved