Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

१३ लाख ३२ हजारको अनुदान विवाद : दिक्तेल नगरपालिकालाई रकम फिर्ता गराउन महालेखाको निर्देशन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 9, 2026
3 shares

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ले नाफामूलक निजी संस्था तथा सहकारीलाई कार्यालय सामग्री खरिदका नाममा वितरण गरेको १३ लाख ३२ हजार ४०० रुपैयाँ अनुदान रकम असुल गर्न महालेखा परीक्षकको कार्यालय को वार्षिक प्रतिवेदन–२०८३ ले स्पष्ट राय दिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत दीर्घकालीन पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने बजेट निजी संस्थाको कार्यालय व्यवस्थापनमा खर्च गरिएको भन्दै महालेखाले उक्त रकम सम्बन्धित संस्थाबाट फिर्ता गराउन निर्देशन दिएको हो।

प्रतिवेदनअनुसार नगरपालिकाले गोश्वारा भौचर नं. ६५० (२०८२ असार २२) मार्फत डाइनामिक अनुसन्धान तथा परामर्श फाउण्डेशन लाई ल्यापटप खरिदका लागि ४ लाख ९२ हजार ४०० रुपैयाँ, गोश्वारा भौचर नं. ६६० (२०८२ असार २३) मार्फत रुपाकोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड लाई कम्प्युटर तथा ल्यापटप खरिदका लागि ४ लाख ९४ हजार रुपैयाँ र गोश्वारा भौचर नं. ६९२ (२०८२ असार २४) मार्फत कोलेबारी कृषक सहकारी लाई ३ लाख ४६ हजार रुपैयाँ भुक्तानी गरेको देखिएको छ। उक्त रकमबाट सामग्री खरिद गर्ने जिम्मेवारी अल इन वान बिजनेस हब लाई दिइएको पनि प्रतिवेदनमा उल्लेख छ।

महालेखाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ उद्धृत गर्दै स्थानीय तहले वितरणमुखी खर्चलाई नियन्त्रण गरी संघ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दीर्घकालीन पूँजी निर्माण हुने क्षेत्रमा खर्च गर्नुपर्ने कानुनी व्यवस्था रहेको जनाएको छ। ऐनमा नाफामूलक निजी संस्था वा लाभांश वितरण गर्ने सहकारीलाई कार्यालय सञ्चालनका सामग्री खरिदका लागि अनुदान उपलब्ध गराउने व्यवस्था नरहेको महालेखाको ठहर छ।

प्रतिवेदनमा नगरपालिकाले कम्प्युटर, ल्यापटप, फर्निचर तथा अन्य कार्यालय सामग्री खरिदका लागि नाफामूलक संस्था र सहकारीलाई बजेट उपलब्ध गराएको कार्य कानुनको मर्म र उद्देश्यविपरीत भएको उल्लेख गरिएको छ। यसरी सार्वजनिक स्रोतको उपयोग निजी संस्थाको कार्यालय व्यवस्थापनमा गरिएको विषयलाई महालेखाले वित्तीय अनुशासनको गम्भीर उल्लङ्घनका रूपमा औँल्याएको छ।

महालेखा परीक्षकको कार्यालयले कानुनी आधारबिनै उपलब्ध गराइएको १३ लाख ३२ हजार ४०० रुपैयाँ सम्बन्धित संस्था तथा सहकारीबाट असुल गरी सरकारी कोषमा दाखिला गर्न नगरपालिकालाई निर्देशन दिएको छ। सार्वजनिक स्रोतको प्रयोगमा पारदर्शिता, कानुनी प्रक्रिया र जवाफदेहिताको पालना गर्नुपर्नेमा जोड दिँदै प्रतिवेदनले यस्ता अनियमितता दोहोरिन नदिन स्थानीय तहले बजेट कार्यान्वयनमा विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता औँल्याएको छ।

#Diktel #Tirtharajbhattarai #Rajkumarrai #Mohankumarbhattarai

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved