Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महिला व्यवसायीद्वारा पूर्वी नेपालको पर्यटन प्रवर्द्धन अभियान, कोशीका गन्तव्यको प्रचारमा जोड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 8, 2026
3 shares

काठमाडौँ । पूर्वी नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महिला पर्यटन व्यवसायीहरूले प्रवर्द्धनात्मक अभियान सञ्चालन गरेका छन्। नेपाल पर्यटन बोर्डको सहकार्यमा महिला पर्यटन व्यवसायी सञ्जालले कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यको अवलोकन गर्दै स्थानीय तह, पर्यटन व्यवसायी तथा समुदायसँग अन्तरक्रिया गरेको हो। असार १८ देखि २१ गतेसम्म सञ्चालन भएको भ्रमणले पूर्वी नेपालको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।

भ्रमणका क्रममा पर्यटन क्षेत्रमा सक्रिय महिला उद्यमीहरूले कोशी प्रदेशका नयाँ तथा स्थापित पर्यटकीय गन्तव्यको अवलोकन गर्नुका साथै स्थानीय सरकार, घरबास (होमस्टे) सञ्चालक, पर्यटन व्यवसायी र सरोकारवालासँग पर्यटन विकासका चुनौती तथा सम्भावनाबारे छलफल गरेका थिए। नेपाल पर्यटन बोर्डका अनुसार यस अभियानले स्थानीय पर्यटनलाई दिगो र व्यवस्थित बनाउने रणनीति तय गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

इलामको श्रीअन्तुमा आयोजित कार्यक्रममा महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष जया बरालले कोशी प्रदेश प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले सम्पन्न क्षेत्र भएकाले कृषि, संस्कृति र स्थानीय जीवनशैलीलाई पर्यटनसँग जोड्दै ‘एग्रो–टुरिजम’को अवधारणा विकास गर्नुपर्नेमा जोड दिइन्। उनले प्रत्येक स्थानीय तहले आफ्ना मौलिक विशेषताको पहिचान गरी एकीकृत पर्यटन प्याकेज निर्माण गर्न सके ग्रामीण अर्थतन्त्र थप सुदृढ हुने धारणा व्यक्त गरिन्।

कार्यक्रममा अन्तु पर्यटन व्यवसायी सङ्घकी कोषाध्यक्ष कञ्चना बरालले अन्तु क्षेत्रमा न्यून बजेटका होमस्टेदेखि सुविधासम्पन्न तारे होटलसम्मको व्यवस्था रहेको जानकारी दिँदै पर्यटन पूर्वाधार विस्तारका लागि सरकारी लगानी बढाउन र स्पष्ट पर्यटन नीति ल्याउन आग्रह गरिन्। त्यस्तै, अन्तुडाँडा सामुदायिक होमस्टेका अध्यक्ष धनकुमार आलेले ग्रामीण पर्यटन विस्तारका लागि होमस्टे सञ्जाललाई थप सुदृढ बनाउनुपर्ने बताए भने सूर्योदय नगरपालिका–५ का वडाध्यक्ष उर्गेन बम्जनले स्थानीय सरकारले सडक, पदमार्ग र पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकता दिइरहेको जानकारी दिए।

काठमाडौँबाट सुरु भएको प्रवर्द्धनात्मक भ्रमण टोलीले कोशी ब्यारेज, झापा, इलामको श्रीअन्तु तथा बराहक्षेत्रलगायतका पर्यटकीय गन्तव्यको अवलोकन गरेको थियो। महिला पर्यटन व्यवसायी सञ्जालले यस अभियानले नयाँ गन्तव्यको प्रचारप्रसार, महिला उद्यमशीलताको प्रवर्द्धन तथा पूर्वी नेपालको दिगो पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved