Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

भट्टराई आयोगको प्रतिवेदन ओझेलमा, ८ हजार १९० रोपनी सरकारी र गुठी जग्गा अतिक्रमणको कारबाही अझै अलपत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 3, 2026
3 shares

काठमाडौँ । देशभर हिनामिना तथा अतिक्रमण भएका सरकारी, सार्वजनिक र गुठी जग्गाको छानबिन गर्न २०७६ सालमा गठन गरिएको सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग (भट्टराई आयोग) को प्रतिवेदन अझै पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन। विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईको नेतृत्वमा गठित आयोगले देशभर करिब ८ हजार १९० रोपनी सरकारी, सार्वजनिक र गुठी जग्गा व्यक्तिले हडपेको निष्कर्षसहित सरकारलाई प्रतिवेदन बुझाए पनि त्यसअनुसार प्रभावकारी कारबाही हुन नसकेको हो।

आयोगले १७७ वटा उजुरीमाथि अनुसन्धान गरी ३३ वटा प्रतिवेदन सरकारलाई बुझाएको थियो। प्रतिवेदनमा भू–माफिया, बिचौलिया तथा गलत लिखत तयार गर्ने कर्मचारीमाथि कानुनी कारबाही गर्न सिफारिस गरिएको भए पनि हालसम्म कसैमाथि उल्लेखनीय कारबाही भएको छैन। आयोगका अध्यक्ष भट्टराईका अनुसार केही स्थानमा आंशिक रूपमा प्रतिवेदन कार्यान्वयन भए पनि अधिकांश सिफारिस कार्यान्वयनको चरणमै पुग्न सकेका छैनन्।

भट्टराईले प्रतिवेदन लामो समयसम्म गोप्य राखिनु, राजनीतिक इच्छाशक्तिको अभाव, सरकार परिवर्तन र भू–माफियाको प्रभावका कारण कार्यान्वयन प्रभावित भएको बताए। उनका अनुसार मन्त्रिपरिषद्ले पटक–पटक कार्यान्वयनको निर्णय गरे पनि भूमि व्यवस्थापन तथा अभिलेख विभाग, नापी विभागलगायत सम्बन्धित निकायको प्रशासनिक सुस्तताका कारण अपेक्षित प्रगति हुन सकेको छैन।

आयोगले २०७६ मङ्सिर ३० गते पहिलो चरणमा १० वटा प्रतिवेदन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो। त्यसपछि सरकारलाई तत्काल गर्नुपर्ने ३५ बुँदे सुझावसहित थप २३ वटा प्रतिवेदन पनि पेस गरिएको थियो। आयोगको कार्यादेशमा अतिक्रमित सरकारी तथा गुठी जग्गा फिर्ता ल्याउने, दोषी व्यक्ति वा संस्थामाथि कानुनी कारबाही सिफारिस गर्ने तथा सार्वजनिक सम्पत्तिको संरक्षण सुनिश्चित गर्ने व्यवस्था समेटिएको थियो।

यता प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भने भट्टराई आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ। कार्यालयका प्रवक्ता हेमराज अर्यालका अनुसार रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढिसकेको छ भने भट्टराई आयोगले सिफारिस गरेका सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी प्रतिवेदन पनि क्रमशः कार्यान्वयन गरिने सरकारको प्रतिबद्धता रहेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved