Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

डिजेल पेट्राेलकाे भाउ घटेसँगै घट्याे गाडीको भाडा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 2, 2026
3 shares

काठमाडाैं। यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्यमा गिरावट आएसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर दुई प्रतिशतले घटाएको छ।

नेपाल आयल निगमले गत असार १७ गते मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ४२ रुपैयाँ कटौती गरेपछि विभागले स्वचालित मूल्य प्रणालीका आधारमा नयाँ भाडादर कायम गरेको हो। बिहीबार सार्वजनिक सूचना जारी गर्दै विभागले यो परिमार्जित भाडादर आजैका मितिदेखि देशभरका लामो दूरीका सवारीसाधनमा लागू हुने स्पष्ट पारेको छ।

विभागले यसअघि भाडादर समायोजन गर्दा डिजेलको औसत बजार मूल्य प्रतिलिटर २३५ रुपैयाँ ८३ पैसा रहेको थियो। तर, पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावट र नयाँ मूल्यसूची अनुसार नेपालमा डिजेलको मूल्य प्रतिलिटर १९३ रुपैयाँ ८३ पैसा कायम भएपछि भाडा घटाइएको हो।

यसअघि विसं २०८३ वैशाख १२ गतेको मन्त्रिस्तरीय निर्णयले इन्धनको मूल्य वृद्धिलाई आधार मानी सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडादर पाँच प्रतिशतले बढाएको थियो।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) ले इन्धनको मूल्य घटेअनुसार विभागले भाडादर दुई प्रतिशतले घटाएको पुष्टि गर्नुभयो। इन्धनको मूल्यमा न्यूनतम पाँच प्रतिशत वा सोभन्दा बढी उतारचढाव हुँदा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडादर निर्धारण प्रणाली अनुसार भाडा समायोजन गर्दै आएको छ।

यो भाडादर दुई वा दुईभन्दा बढी प्रदेश भई सञ्चालन हुने राष्ट्रिय रुटका यात्रुवाहक तथा मालवाहक सवारीसाधनमा मात्र लागू हुनेछ। स्थानीय रुट तथा एउटै प्रदेशभित्र चल्ने सवारीसाधनको भाडादर भने सम्बन्धित प्रदेश सरकार र स्थानीय तहले नै इन्धनको नयाँ मूल्यका आधारमा छुट्टै समायोजन गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved