Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

निर्वाचन प्रहरीको पोसाक खरिद प्रकरणमा अख्तियारको विस्तृत अनुसन्धान, पूर्व गृहमन्त्री अर्याल पनि अनुसन्धानको दायरामा पर्ने सम्भावना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 1, 2026
3 shares

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता भएको आरोपबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विस्तृत अनुसन्धान अघि बढाएको छ। स्रोतका अनुसार पोसाक खरिद प्रक्रियासम्बन्धी फाइललाई प्राथमिकताका साथ अनुसन्धान भइरहेको छ।

फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीले १ लाख ३३ हजार ९८० जना र सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरी भर्ना गरी परिचालन गरेका थिए। करिब ४० दिन निर्वाचन सुरक्षामा खटिएका उनीहरूलाई जवानसरह तलब, रासन तथा पोसाक सुविधा उपलब्ध गराइएको थियो।

निर्वाचनअघि छोटो समयमै ठूलो संख्यामा एउटै मापदण्डको पोसाक उपलब्ध गराउनुपर्ने भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा पोसाकसम्बन्धी मापदण्ड तयार गरी गृह मन्त्रालयमा पेस गरेका थिए। तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्यालले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि–२०८२’ स्वीकृत गरेका थिए।

अनुसन्धानका क्रममा पोसाक खरिद प्रक्रिया, कार्यविधि निर्माण तथा वितरण प्रणालीमाथि प्रश्न उठेको छ। दुवै सुरक्षा निकायले निर्वाचन व्यवस्थापनका लागि करिब ७ अर्ब ८३ करोड रुपैयाँ खर्च गरेका थिए। त्यसमध्ये नेपाल प्रहरीले ७ अर्ब १३ करोड २५ लाख रुपैयाँ र सशस्त्र प्रहरीले करिब ७० करोड रुपैयाँ खर्च गरेको विवरण छ।

सरकारले प्रत्येक निर्वाचन प्रहरीलाई तलब, रासन तथा यातायात खर्च उपलब्ध गराएको थियो भने भौगोलिक क्षेत्रअनुसार पोसाक खरिदका लागि तराईमा ६ हजार, पहाडमा ७ हजार र हिमाली क्षेत्रमा ८ हजार रुपैयाँ प्रदान गरिएको थियो।

प्रहरी प्रधान कार्यालयले पोसाक तथा जुत्तालगायत सामग्री खरिदका लागि सम्बन्धित प्रहरीको खातामा नगद जम्मा गरेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालयको समन्वयमा तोकिएका आपूर्तिकर्ताबाट निर्वाचन प्रहरीले आफैं पोसाक खरिद गरेको प्रहरी स्रोतको भनाइ छ। एउटै गुणस्तरको पोसाक छोटो समयमै उपलब्ध गराउनुपर्ने बाध्यताका कारण खुला बोलपत्र (टेन्डर) नगरी लामो समयदेखि प्रहरीलाई सामग्री आपूर्ति गर्दै आएका व्यवसायीमार्फत खरिद प्रक्रिया अपनाइएको बताइएको छ।

अख्तियार स्रोतका अनुसार अनुसन्धान अहिले विस्तृत चरणमा पुगेको छ। आयोगका प्रवक्ता सहसचिव सुरेश न्यौपानेले भने अनुसन्धान जारी रहेका विषयबारे आफूलाई जानकारी नहुने प्रतिक्रिया दिएका छन्।

यसबीच अनुसन्धानलाई तीव्र बनाउन राजनीतिक तहबाट पनि चासो देखिएको स्रोतहरूको दाबी छ। उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको सचिवालयबाट अनुसन्धान शीघ्र टुंग्याउन दबाब परेको बताइएपछि अख्तियारले सम्बन्धित उजुरीमाथि विस्तृत अनुसन्धान अघि बढाएको हो। यद्यपि यसबारे प्रधानमन्त्री सचिवालय वा अख्तियारले औपचारिक पुष्टि गरेका छैनन्।

स्रोतका अनुसार अनुसन्धानको दायरामा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल तथा तत्कालीन प्रहरी नेतृत्वसमेत पर्न सक्ने चर्चा भए पनि अख्तियारले कसैविरुद्ध औपचारिक रूपमा मुद्दा दर्ता वा अभियोग नलगाएको जनाएको छैन। अनुसन्धान जारी रहेकाले यसबारे अन्तिम निष्कर्ष आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved