Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

अमेरिकी ब्याजदर बढ्ने अपेक्षाले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र गिरावट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • July 1, 2026
58Shares

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य एक प्रतिशतभन्दा बढीले घटेको छ। पश्चिम एसियाको तनावका कारण महँगी बढ्ने र त्यसलाई नियन्त्रण गर्न अमेरिकाले ब्याजदर थप बढाउन सक्ने अपेक्षाले सुनको मूल्य दबाबमा परेको हो। यससँगै सुन सन् २००८ को अक्टोबरयताकै सबैभन्दा ठूलो मासिक गिरावटतर्फ अग्रसर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्पट सुनको मूल्य १.५ प्रतिशतले घटेर प्रतिऔंस ३,९५६.९२ अमेरिकी डलरमा झरेको छ भने अगस्ट महिनाको अमेरिकी सुन फ्युचर्स १.७ प्रतिशतले घटेर प्रतिऔंस ३,९६९.३० डलरमा कारोबार भएको छ। चालु महिनामा मात्रै सुनको मूल्य १२.७ प्रतिशतले घटिसकेको छ, जुन लगातार चौथो मासिक गिरावट हो। इरानसँगको युद्धका कारण ऊर्जा मूल्य बढेपछि महँगीको दबाब चुलिएको र त्यसले ब्याजदर वृद्धि हुने सम्भावना बलियो बनाएको विश्लेषण गरिएको छ।

कारेक्सका विश्लेषक एडवर्ड मेयरका अनुसार उच्च महँगी, ब्याजदर बढ्ने अपेक्षा र अमेरिकी डलरको मजबुतीले सुनको मूल्यलाई दबाबमा पारेको छ। सामान्यतया महँगीविरुद्ध सुरक्षित लगानी मानिने सुन उच्च ब्याजदरको वातावरणमा कम आकर्षक बन्ने भएकाले लगानीकर्ताहरू अन्य विकल्पतर्फ आकर्षित हुने गरेका छन्।

बजारले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले यस वर्ष तीन पटकसम्म ब्याजदर बढाउन सक्ने अनुमान गरेको छ। सीएमई फेडवाच टुलका अनुसार आगामी सेप्टेम्बरमा ब्याजदर बढ्ने सम्भावना ६४ प्रतिशत रहेको छ। लगानीकर्ताहरू अहिले फेडको आगामी निर्णयको संकेतका रूपमा यसै साता सार्वजनिक हुने अमेरिकी जुन महिनाको एडीपी रोजगारी र ननफार्म पेरोल तथ्याङ्कको प्रतीक्षामा छन्। लगातार दोस्रो महिना अमेरिकी डलर मजबुत बन्दा अन्य मुद्राधारीका लागि सुन खरिद अझ महँगो बनेको छ।

यसैबीच, दोहामा हुन सक्ने भनिएको अमेरिका–इरान वार्ताप्रति पनि लगानीकर्ताको चासो रहेको छ, यद्यपि इरानले अहिलेसम्म कुनै औपचारिक बैठक तय नभएको जनाएको छ। सुनसँगै अन्य बहुमूल्य धातुको मूल्य पनि घटेको छ। स्पट चाँदी २ प्रतिशतले घटेर प्रतिऔंस ५७.१३ डलर, प्लाटिनम १.१ प्रतिशतले घटेर १,५५७.२१ डलर तथा प्यालेडियम ०.४ प्रतिशतले घटेर १,२०८.१७ डलरमा झरेका छन्। विश्लेषक मेयरले भने वर्षको दोस्रो छमाहीमा सुन प्रतिऔंस ३,५०० देखि ४,४०० डलरको दायराभित्र कारोबार हुन सक्ने अनुमान गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved