Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

एसएमसी फेडेरेसनको अध्यक्षमा काँसिनाथ दंगाल सर्वसम्मत, सामुदायिक शिक्षा सुधारमा स्थानीय अधिकारको जोड

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 30, 2026
6 shares

काठमाडौं । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ (एसएमसी फेडेरेसन) नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट काँसिनाथ दंगाल सर्वसम्मत अध्यक्ष चयन हुनुभएको छ। सम्मेलनले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानीय अपनत्व, प्रभावकारी विद्यालय व्यवस्थापन र अधिकारसम्पन्न विद्यालय व्यवस्थापन समितिको आवश्यकतामा विशेष जोड दिएको छ।

काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मंगलबार आयोजित सम्मेलनको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. केदारभक्त माथेमाले सामुदायिक विद्यालयका शिक्षकहरू अधिकांश तालिमप्राप्त भए पनि अपेक्षित नतिजा आउन नसक्नु र निजी विद्यालयको नतिजा तुलनात्मक रूपमा राम्रो हुनुको मुख्य कारण व्यवस्थापकीय पक्ष रहेको बताउनुभयो।

उहाँले शिक्षकको नियमित उपस्थिति, गृहकार्य परीक्षण, विद्यार्थीको निरन्तर मूल्याङ्कन तथा जवाफदेहितालाई प्रभावकारी बनाउँदै विद्यालय व्यवस्थापन समितिलाई सल्लाहकार निकायमा सीमित नराखी अधिकारसम्पन्न गभर्निङ बोर्डका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो। स्थानीय तहलाई शिक्षक नियुक्ति, स्रोत व्यवस्थापन र नीतिगत निर्णयको अधिकार दिए मात्र सामुदायिक शिक्षामा वास्तविक सुधार सम्भव हुने उहाँको भनाइ थियो।

अभिभावक महासंघ नेपालका पूर्व अध्यक्ष सुप्रभास भण्डारीले विद्यालयमा हुने राजनीतिक हस्तक्षेप र माथिल्लो तहबाट हुने नियुक्ति प्रक्रियाले विद्यालय व्यवस्थापन कमजोर बनेको उल्लेख गर्दै सक्षम, संगठित र उत्तरदायी विद्यालय व्यवस्थापन समिति निर्माणमा जोड दिनुभयो। महासंघका संस्थापक अध्यक्ष कृष्ण थापाले राज्यको तदर्थवादी नीतिका कारण विद्यालयहरूले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताउँदै स्वयंसेवी भावनाका साथ विद्यालयको नेतृत्व गरिरहेका व्यवस्थापन समिति अध्यक्षहरूलाई आफ्नो जिम्मेवारीप्रति गर्व गर्न आग्रह गर्नुभयो।

महासंघका निवर्तमान अध्यक्ष गुणराज मोक्तानले सम्मेलनलाई विशुद्ध शैक्षिक बहसको मञ्चका रूपमा आयोजना गरिएको बताउँदै राजनीतिक भाषणभन्दा शिक्षाका वास्तविक समस्या र समाधानमाथि केन्द्रित छलफल आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रममा केन्द्रीय उपाध्यक्ष तथा कर्णाली प्रदेश अध्यक्ष गोविन्द कोइरालाले महासंघको वर्तमान अवस्थाबारे प्रस्तुतीकरण गर्नुभएको थियो भने संस्थापक अध्यक्ष कृष्ण थापा, महासचिव धुव्रराज विष्ट, कोषाध्यक्ष कमला सुवेदी, सदस्य दामोदर न्यौपाने र चुडामणि शर्मालाई सम्मान गरिएको थियो।

सम्मेलनबाट सर्वसम्मत अध्यक्ष चयन भएपछि नवनिर्वाचित अध्यक्ष काँसिनाथ दंगालले सम्मेलनमा उठेका सुझावलाई महासंघको आगामी कार्यदिशाको आधार बनाइने बताउनुभयो। उहाँले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि स्थानीय समुदायको अपनत्व, पारदर्शी र सक्षम विद्यालय व्यवस्थापन, राजनीतिक हस्तक्षेपको अन्त्य, विद्यालयलाई आवश्यक अधिकार तथा स्रोत सुनिश्चित गर्न महासंघले देशव्यापी अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले देशभरका विद्यालय व्यवस्थापन समितिलाई एकताबद्ध गर्दै सामुदायिक शिक्षाप्रतिको जनविश्वास पुनः स्थापित गर्न सबै सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने पनि बताउनुभयो । सम्मेलनमा शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, नेपाल सरकारका पूर्वसचिव डा. महाश्रम शर्मा, डा. विष्णु कार्की, शैक्षिक अभियन्ता अभिषेक घिमिरे, शिक्षा पत्रकार समाजका संस्थापक अध्यक्ष प्रकाश सिलवाल तथा देशभरबाट आएका महासंघका केन्द्रीय, प्रदेश, जिल्ला र पालिकास्तरीय प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved