Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल टेलिकमले सुरु गर्‍यो सब्स्क्रिप्सनमा आधारित मोबाइल सेवा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 30, 2026
0 shares

काठमाडौँ । निजीक्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सधैं अन प्याकेज ल्याएर मोबाइल सेवामा ‘सब्स्क्रिप्सन’ मोडल लागू गरेको एक वर्षपछि नेपाल टेलिकमले पनि आइवारदेखि यस्तो मोडलको शुरुआत गरेको छ ।

सब्स्क्रिप्सन (ग्राहक सदस्यता) को आधारमा सेवा दिने यो मोडलअन्तर्गत टेलिभिजन च्यानलहरूको सब्स्क्रिप्सन गरेजस्तै मोबाइल सेवाको पनि सब्स्क्रिप्सन गर्नुपर्छ ।

यसमा छोटो अवधिको लागि रकम तिरेर मोबाइल सेवा उपभोग गर्ने हालसम्मको चलनको सट्टा दूरसञ्चार सेवा प्रदायकले मूलतः एक महीना अवधिको सब्स्क्रिप्सन प्याकेज उपलब्ध गराउँछन् ।

मोबाइल सेवा प्रदायकहरूका अनुसार अहिले आयको मुख्य स्रोतको रूपमा रहेको डेटाको उपभोग नेपालमा दक्षिण एशियाका भारतलगायत मुलुकको तुलनामा न्यून भएकोले लामो अवधिको सब्स्क्रिप्सनले डेटा उपभोग बढाउने र दूरसञ्चार सेवा प्रदायकको आयमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जाल प्लेटफर्महरू–– मेसेन्जर, ह्वाट्सएप र भाइबरबाट थप शुल्कविना नै फोन गर्न सकिने भएपछि भ्वाइस कलबाट हुने आम्दानी स्वाट्टै घटेको छ । त्यसको क्षतिपूर्तिस्वरुप सब्स्क्रिप्सन मोडलमा जानुपर्ने भन्दै नेपाल टेलिकम र एनसेल दुवैले सरकारसमक्ष लबिइङ गर्दै आएका थिए ।

सरकारकै सहमतिमा नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि मासिक रूपमा स्वतः नवीकरण हुने सब्स्क्रिप्सनमा आधारित विभिन्न प्याकेज सञ्चालनमा ल्याएको हो । नेपाल टेलिकमले यसका लागि ३० दिन समयावधिका तीन प्रकारका प्याकेज उपलब्ध गराएको छ ।

यसअन्तर्गत २९९ रूपैयाँदेखि ७९९ रूपैयाँमा ‘नमस्ते रिकरिङ’ प्याक उपलब्ध गराइएको छ । उक्त सब्स्क्रिप्सनमा आधारित प्याकेज लिने ग्राहकलाई आवश्यकताअनुसार एड–अन प्याकेजसमेत उपलब्ध गराइने कम्पनीको भनाइ छ ।

२९९ रुपैयाँमा नमस्ते रिकरिङ २९९ प्याक उपलब्ध हुनेछ । यसमा ३०० मिनेट सबै नेटवर्कमा कल गर्न सकिने अल–नेटवर्क भ्वाइस, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने ४ जीबी डेटा र राति ११ बजेदेखि विहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने २ जीबी नाइट डेटा तथा कम्पनीको नेटवर्कमामात्र पठाउन सकिने २० ओटा अननेट एसएमएस उपलब्ध हुनेछन् ।

त्यसैगरी ४९९ रुपैयाँमा नमस्ते रिकरिङ ४९९ प्याक उपलब्ध हुनेछ । यसमा ५०० मिनेट अल–नेटवर्क भ्वाइस, जुनसुकै समयमा प्रयोग गर्न मिल्ने ८ जीबी डेटा र राति ११ बजेदेखि विहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने ४ जीबी नाइट डेटा तथा सबै नेटवर्कमा पठाउन सकिने १०० ओटा अल–नेट एसएमएस उपलब्ध हुनेछन् ।

७९९ रुपैयाँमा नमस्ते रिकरिङ ७९९ प्याक उपलब्ध हुनेछ । यसमा सबै नेटवर्कमा असीमित रूपमा कल गर्न सकिने सुविधा भएको अल–नेटवर्क भ्वाइस, प्रतिदिन प्रयोग गर्न सकिने १० जीबी अर्थात् मासिक ३०० जीबी डेटा र ३०० ओटा अल–नेटवर्क एसएमएस उपलब्ध हुनेछ ।

उक्त सब्स्क्रिप्सनमा आधारित प्याकेज लिने ग्राहकलाई आवश्यकताअनुसार एड–अन प्याकेजसमेत उपलब्ध गराइने बताइएको छ । सो प्याकेजअन्तर्गत ३० रुपैयाँमा १ दिनका लागि १ जीबी, ५० मा ३ दिनका लागि २ जीबी र ९९ मा ७ दिनका लागि ४ जीबी डेटा उपलब्ध हुनेछ ।

यस व्यवस्थाअन्तर्गत सेवाग्राहीले हरेक महीना पुनः प्याकेज सक्रिय गरिरहनुपर्ने आवश्यकता रहने छैन । सो सेवा एकपटक सक्रिय गरिसकेपछि अर्कोपटकदेखि ग्राहकको मोबाइल ब्यालेन्स रकमको आधारमा प्रत्येक महीना उक्त प्याकेज स्वतः नवीकरण हुनेछ ।

तर महीना सकिएपछि अर्को प्याकेज लिन चाहेमा नयाँ प्याकेज पनि लिन सकिने नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेले बताए ।

‘जसलाई बैंकिङ पद्धतिबाट रिचार्ज गर्न अनुकूल हुन्छ र जसले सब्स्क्रिप्सन मोडल सहज ठान्नुहुन्छ, उहाँहरूले यो सेवा लिनुहुनेछ । तर, यो प्याकेजमा जान नचाहनेका लागि हाम्रा नियमित प्याकेजहरू पनि यथावत् नै रहनेछन्,’ प्रवक्ता लामिछानेले भने ।

वर्तमान सरकारले ‘सब्स्क्रिप्सन’ मोडल अघि बढाउन कम्पनीहरूलाई अनुमति दिएपछि सरकारी स्वामित्वको नेपाल टेलिकमले समेत यो मोडल अपनाएको हो ।

नयाँ सरकार बनेपछि सरकारको १०० दिने कार्यसूची अन्तर्गतको शासकीय सुधार कार्यक्रमलाई मूर्तरूप दिन नेपाल टेलिकमले प्रिपेड सेवाग्राहीका लागि ‘सब्स्क्रिप्सन बेस्ड’ (ग्राहक सदस्यता) मोडलका प्याकेजहरू ल्याउने घोषणा गरिएको थियो ।

सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले शनिवार नै शासकीय सुधार कार्यक्रमअनुसार ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर थप आकर्षक प्याकेज उपलब्ध गराउने सरकारको प्रतिबद्धताअनुरुप नेपाल टेलिकमलाई सब्स्क्रिप्सन मोडलमा अघि बढाइएको बताएका थिए ।

निजीक्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलले यो मोडलअन्तर्गत ‘सधैं अन’ र ‘बिज सधैं अन’मार्फत यसको सफल व्यावसायिक अभ्यास गरिसकेको कम्पनीका एक उच्च अधिकारीले बताए  ।

उनका अनुसार दीर्घकालीन रूपमा प्रविधिको आधुनिक प्रयोग र ग्राहकको सहजताका लागि सब्स्क्रिप्सन मोडल नै उत्कृष्ट विकल्प हो । यद्यपि, नेपाली उपभोक्ताको बानीका कारण पुराना ‘वान टाइम’ प्याकेजहरू पूर्ण रूपमा हटाउन भने अझै केही समय लाग्ने एनसेलले उल्लेख गरेको छ ।

‘नेपाली बजारको वर्तमान अवस्था र ग्राहकको विविध बानीका कारण पुराना प्याकेजहरू पूर्ण रूपमा हटाउन अझै केही समय लाग्न सक्छ । तर, दीर्घकालीन रूपमा ग्राहकको हित, सहजता र प्रविधिको आधुनिक प्रयोगका लागि सब्स्क्रिप्सनमा आधारित प्याकेज नै सबैभन्दा उत्कृष्ट विकल्प हो,’ एनसेलका ती अधिकारीले भने ।

दूरसञ्चार विज्ञ आनन्दराज खनाल भने सब्स्क्रिप्सन मोडल सुन्दा आकर्षक लागे पनि यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको बताउँछन् । उनका अनुसार नेपाली प्रिपेड ग्राहकले स्वतः नवीकरणका लागि मोबाइलमा पहिले नै धेरै ब्यालेन्स राख्ने चलन छैन ।

उपभोक्ताले १५० रुपैयाँको प्याकेज चाहिए १५० रुपैयाँ नै रिचार्ज गर्ने र प्याकेज सकिएपछि मात्र पुनः किन्ने गर्छन् । त्यसैले स्वतः नवीकरण हुने प्याकेज साना ग्राहकको हकमा त्यति उपयुक्त नहुने उनको बुझाइ छ । ‘यो मोडल धेरै मात्रामा डेटा र डिजिटल रिसोर्स खपत गर्ने र बैंकिङ एप सहजै चलाउने ग्राहकका लागिमात्र सस्तो र फलदायी हुने देखिन्छ,’ उनले भने ।

‘सब्स्क्रिप्सन मोडल’ परीक्षणकालका लागि दिइएको हो : घिमिरे

अहिले टेलिकम कम्पनीहरूले शुरू गरेको सब्स्क्रिप्सन बेस्ड प्याकेज परीक्षणका लागि दिइएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका निर्देशक अर्जुन घिमिरेकाअनुसार सरकारको नीति र निर्देशनअनुसार नै टेलिकम कम्पनीहरू यस मोडलतर्फ अघि बढेका हुन् तर प्राधिकरणले निर्णय गरेर यो दिएको होइन । निर्देशक घिमिरेले यो व्यवस्था पूर्ण रूपमा स्थायी भइनसकेको बताए ।

‘नयाँ स्किममार्फत बजारको अवस्था र ग्राहकको चाहना बुझ्न कम्पनीहरूले निश्चित समयका लागि यस्तो प्याकेज ल्याउन पाउँछन्,’ घिमिरेले भने, ‘अहिले बजारमा पुराना सामान्य प्याकेज र नयाँ सब्स्क्रिप्सन दुवै सँगसँगै चलिरहेका छन् । यो एक प्रकारको बजार परीक्षण (स्याम्पल टेस्ट) जस्तै हो ।’

प्राधिकरणका अनुसार नयाँ मोडलले ग्राहकको सेवा उपभोग शैलीमा कस्तो परिवर्तन ल्याउँछ, उपभोक्ताले यसलाई कतिको मन पराउँछन् र कम्पनीको राजस्वमा के कस्तो प्रभाव पर्छ भन्ने कुराको विस्तृत अध्ययन हुन बाँकी नै छ ।

टेलिकम कम्पनीहरूले परीक्षणकालको नतिजा र निष्कर्ष सहितको प्रतिवेदन प्राधिकरणमा पेश गर्नुपर्नेछ । ‘उनीहरूले पठाएको विवरण र बजारको समग्र प्रभावबारे प्राधिकरणले गहन अध्ययन गर्नेछ,’ निर्देशक घिमिरेले थपे, ‘अध्ययन र परीक्षणको नतिजा सकारात्मक देखिएमा मात्र यसलाई स्थायी रूपमा अघि बढाउने निर्णय गरिनेछ ।’

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

फोहोरमैला प्रशोधन केन्द्रको व्यवस्थापनबारे भक्तपुर नगरपालिका र...

  • July 21, 2026

३ प्रतिशत समता शुल्क स्थगित, निजी अस्पताल र कलेजमा १० प्रतिशत ...

  • July 21, 2026

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फ...

  • July 21, 2026

कीर्तिपुरमा जलेको कारभित्र पुरुष मृत फेला, प्रहरीले अनुसन्धान ...

  • July 21, 2026

संसदीय सुनुवाइ समितिको बैठक ११:०० बजे बस्दै

  • July 21, 2026

म त राष्ट्रवादी ( कविता )

  • July 21, 2026

आत्मदाह प्रयासका घटना बढ्दै, फेरि बौद्धमा युवती गम्भीर

  • July 21, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved