Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

प्रतिनिधिसभाले ४३ देशसँग संसदीय मैत्री समूह गठन गर्‍यो, सांसदहरूको जिम्मेवारी तोकियो

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 28, 2026
29Shares

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाले विभिन्न मुलुकसँग संसदीय कूटनीतिक सम्बन्धलाई थप प्रभावकारी, संस्थागत र सुदृढ बनाउने उद्देश्यले ४३ देशसँग संसदीय मैत्री समूह गठन गरेको छ। प्रत्येक मैत्री समूहमा एक जना संयोजक र विभिन्न राजनीतिक दलका प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरूलाई समावेश गरिएको छ।

गठन गरिएका संसदीय मैत्री समूहहरूमा अष्ट्रेलिया, अस्ट्रिया, अजरबैजान, बहराइन, बंगलादेश, बेल्जियम, भुटान, ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, डेनमार्क, इजिप्ट, फिनल्यान्ड, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, आयरल्याण्ड, इजरायल, जापान, केन्या, कुवेत, मलेसिया, नर्वे, ओमान, पाकिस्तान, पोर्चुगल, कतार, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, दक्षिण कोरिया, स्पेन, श्रीलंका, स्विट्जरल्यान्ड, तान्जानिया, थाइल्यान्ड, टर्किए, संयुक्त अरब इमिरेट्स (यूएई), संयुक्त अधिराज्य (बेलायत), संयुक्त राज्य अमेरिका (अमेरिका) र भियतनाम समावेश छन्।

मैत्री समूहका संयोजक तथा सदस्यहरूमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल समाजवादी पार्टीलगायत विभिन्न दलका सांसदहरूलाई प्रतिनिधित्व गराइएको छ। समूहमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूको समेत सहभागिता सुनिश्चित गरिएको छ।

संसदीय मैत्री समूहहरूले नेपाल र सम्बन्धित देशबीच संसदीय अभ्यास, अनुभव आदान–प्रदान, कूटनीतिक सम्बन्ध विस्तार, द्विपक्षीय सहयोग अभिवृद्धि तथा आपसी हितका विषयमा संवाद र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। संसद्को संसदीय कूटनीतिलाई प्रभावकारी बनाउने उद्देश्यसहित गठन गरिएका यी समूहहरूले आगामी दिनमा अन्तरसंसदीय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

प्रतिनिधिसभाले गठन गरेका ४३ देशका संसदीय मैत्री समूहका संयोजक तथा सदस्यहरूको पूर्ण विवरण (नामावली) हेर्नका लागि तलको PDF हेर्नुहोस्।

https://drive.google.com/file/d/1olyOKVdmh-AgrzUhd47-P7irG_DpTWXu/view?usp=drivesdk

 

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved