Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

‘यात्री’ गजलसङ्ग्रहको विमर्श सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 28, 2026
58Shares

हिमांशु राय, मोरङ । गजलकार राज लम्साल ‘यात्री’ को गजलसङ्ग्रह ‘यात्री’ को विमर्श कार्यक्रम सम्पन्न भएको छ । कोसी साहित्य–कला परिषद् नेपालको आयोजनामा सुन्दरहरैँचा –८, सलकपुर, मोरङको सभाहलमा एक विशेष कार्यक्रमको आयोजना गरेर उक्त कृतिको विमर्श गरिएको हो ।

प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अग्रज स्रष्टा हर्कमान तामाङ, भाषाविद् अमृतप्रसाद आचार्य, कवि तथा आख्यानकार छवि वैरागी घिमिरे, स्वर सङ्गम सङ्गीतालय, विराटनगरका प्रमुख कुशेस्वर राई, कृतिकारकी माता जीवकुमारी लम्साल, ब्राइट फ्युचर सेकेन्डरी स्कुलका सञ्चालक कृष्ण ढकाल, सहायक प्रिन्सिपल मनोज पौडेललगायतका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, छन्द वाटिका नेपालका अध्यक्ष हरि कट्टेल, विराट साहित्य समाजका अध्यक्ष विदुर सुवेदी, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, मिक्लाजुङ साहित्य समाजका अध्यक्ष इन्द्रप्रसाद घिमिरे, सङ्गीत साधना प्रतिष्ठान इटहरीका सचिव राजु केसी, सगरमाथा साहित्य प्रतिष्ठान कोसी प्रदेश अध्यक्ष मिश्रा गुरुङल, सप्तक कला केन्द्र सलकपुरका अध्यक्ष देवराज ढकालगायतका झापा, मोरङ तथा सुनसरीका भाषा, साहित्य तथा कलाका क्षेत्रमा काम गर्ने विभिन्न संस्थाका प्रमुख, प्रतिनिधिहरू तथा स्रष्टा÷कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा भाषा, साहित्य र कलाका अतिरिक्त सामाजिक क्षेत्रमा काम गर्ने विभिन्न व्यक्तित्वहरूको समेत बाक्लो उपस्थिति रहेको थियो । ब्राइट फ्युचर सेकेन्डरी स्कुलका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावक समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा स्रष्टाहरू इरान राई, लोचन रिजाल, तिला लेकाली, भीम कोइराला, हेमसागर पोखरेल, निरज कोइराला, विवेक क्षेत्री दुलाला, उमानाथ भट्टराई अचल, दुर्गा पराजुली, शेखर थापा मगर, सञ्जीव धिमाल, पुष्पा सायरा, पुण्य चम्लागाईँ, विनोद विवश, शैलेन घिमिरे, शारदा दाहाल, जुनु बुढाथोकी, एकराज भट्टराईलगायतका स्रष्टा÷कलाकारहरूको उपस्थिति रहेको थियो ।


रङ्गेली साहित्य कला समाज, मोरङका अध्यक्ष चिरञ्जीवी काफ्लेले लेखकको परिचय प्रस्तुत गरेको उक्त कार्यक्रममा कवि तथा आख्यानकार छवि वैरागी घिमिरेले कृतिमाथि गहिरो विमर्श प्रस्तुत गरेका थिए । सुन्दरहरैँचा कला साहित्य विकास समितिका संस्थापक अध्यक्षसमेत रहेका वैरागीले विभिन्न विषय समेटिएका यात्रीका गजलहरू भावका दृष्टिले निकै उत्कृष्ठ रहेका बताए ।

कार्यक्रममा प्रमुख अतिथि पोखरेलले यात्रीका गजल समसामयिक रहेको बताए । पूर्वाञ्चल साहित्य प्रतिष्ठान तथा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्षसमेत रहेका पोखरेलले गजलका विषयमा भइरहेका विवादको कुनै अर्थ नरहेको बताउँदै बहर मिलाएर मात्र गजल नहुने त्यसमा भाव वा शिल्प पक्ष पनि मजबुत हुनुपर्ने बताए ।


संस्थाका अध्यक्ष केशु विरहीले स्रष्टाहरू देश विदेशमा परिचित भए पनि आफ्नै गाउँमा भने गुमनाम हुने गरेको प्रसङ्ग कोट्याउँदै गजलकार यात्रीआई आफ्नै माटोमा चिनाउने उद्देश्यले पनि यो कार्यक्रमको आयोजना गरेको बताए ।
कार्यक्रममा राज लम्साल यात्री, भूमा अधिकारी, सुनिल अधिकारी, अस्मित धमला, समीक्षा दाहालद्वारा कृतिभित्रका पाँचओटा गजलको साङ्गीतिक प्रस्तुति गरिएको थियो भने मिश्रा गुरुङ, मुना आत्रेय, रमेश निरौला तथा हरि पराजुलीले कृतिभित्रका एक एकओटा गजल वाचन गरेका थिए ।

सुन्दरहरैँचा –८, सलकपुर, मोरङ निवासी यात्री गीत र गजल विधामा लामो समयदेखि कलम चलाउँदै आएका स्रष्टा हुन् । साहित्य पोस्ट, कोसी साहित्य–कला परिषद् नेपाल, सगरमाथा साहित्य प्रतिष्ठानलगायतका साहित्यिक संस्थामा आबद्ध रहँदै आएका उनको यो पहिलो एकल कृति रहेको छ । उनका यसअभि नै विभिन्न संयुक्त कृति प्रकाशित भइसकेका छन् ।

यस कृतिलाई साहित्य पोस्टले प्रकाशनमा ल्याएको हो ।
कोसी साहित्य–कला परिषद् नेपालका उपाध्यक्ष विष्णु भण्डारी आचार्यले उपस्थित सबैलाई शब्दले स्वागत गरेकी थिइन् । अध्यक्ष केशु विरहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ को रहेको थियो ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

कात्तिक १२, १३ र १४ गते उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जो...

  • October 27, 2026

सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

  • October 27, 2026

चुनावको मुखमा बेलकोटगढीमा रास्वपालाई धक्का, नेता–कार्यकर्ताले ...

  • October 27, 2026

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो, असोजमा ३२ हजारभ...

  • October 27, 2026

आजको मौसम : दिउँसो कोशी, मधेस, बागमती प्रदेशमा आंशिक बादल लाग्ने

  • October 27, 2026

रामेश्वर परियार पाँच वर्षदेखि मिर्गौला रोगसँग संघर्षरत, उपचारक...

  • October 27, 2026

सरु बानियाँलाई हराउनुपर्ने कारण के थियो, कांग्रेसिजन?

  • October 26, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved