Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा महाधिवेशनमा संविधान संशोधनदेखि वैकल्पिक राजनीतिको बहस, नेताहरूले दिए शुभकामना

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 21, 2026
0 shares

चितवन  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन उद्घाटन समारोह विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थितिमा सम्पन्न भएको छ। कार्यक्रममा सहभागी नेताहरूले रास्वपाको आगामी यात्राका लागि शुभकामना व्यक्त गर्दै संविधान संशोधन, सुशासन र वैकल्पिक राजनीतिको आवश्यकता बारे धारणा राखेका छन्।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव ले रास्वपालाई संविधान संशोधनको एजेण्डामा अग्रसर हुन आग्रह गरे। उनले वर्तमान संविधानका केही पक्ष सुधार र परिमार्जन आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि रास्वपाले रचनात्मक भूमिका खेल्नुपर्ने बताए। यादवले रास्वपालाई देशलाई नयाँ दिशामा अघि बढाउने अभियानमा सफलता मिलोस् भन्ने शुभकामना पनि दिए।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ले पनि संविधान संशोधनको विषयलाई प्राथमिकतामा राख्न सुझाव दिए। उनले रास्वपाले प्राप्त गरेको जनसमर्थनमा विभिन्न राजनीतिक धारका मतदाताको योगदान रहेको उल्लेख गर्दै “कतिपय मतदाता काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले राजसंस्था फर्काउने अपेक्षासमेत राखेर रास्वपालाई मतदान गरेका थिए” भन्ने टिप्पणी गरे।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन ले रास्वपा र आफ्नो पार्टीबीच धेरै विषयमा समानता रहेको बताए। सुशासन, भ्रष्टाचारविरुद्धको अभियान र जनताका आकांक्षालाई सम्बोधन गर्ने सवालमा दुवै पक्षबीच साझा उद्देश्य रहेको उनको भनाइ थियो।

जनमत पार्टीका अध्यक्ष सीके राउतले तत्कालिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह तथा हालका प्रधानमन्त्री शाहकाे प्रशंसा गर्दै वर्तमान राजनीतिक नेतृत्व शैलीप्रति टिप्पणी गरे। उनले “प्रधानमन्त्री फरक लेबलका मात्र भएर हुँदैन, काम र सोचमा पनि फरकपन देखिनुपर्छ” भन्ने आशय व्यक्त गर्दै नयाँ पुस्ताको नेतृत्वप्रति जनताको आकर्षण बढिरहेको बताए।

महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दलका नेताहरूले रास्वपालाई शुभकामना दिँदै लोकतन्त्रको सुदृढीकरण, सुशासन, आर्थिक समृद्धि र संविधानको प्रभावकारी कार्यान्वयनका लागि सहकार्यको आवश्यकता औँल्याएका थिए। नेताहरूका मन्तव्यले संविधान संशोधन, वैकल्पिक राजनीति र नयाँ नेतृत्वप्रतिको जनअपेक्षालाई पुनः केन्द्रमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved