
गजल – नदिए हुन्छ।
जरुरत भन्दा बढी त सम्मान नदिए हुन्छ !!
मैले राम्रैसँग चिनेको छु सान नदिए हुन्छ !!

भयो यहाँ भन्दा बढी अल्मलिनु छैन मलाई !!
आश्वासन र मुस्कान दुई थान नदिए हुन्छ !!
म तिम्रो आँखाबाटैनै लुटिएको हुँ कामिनी !!
पेस्तोल थिएन भनेर बयान नदिए हुन्छ !!
माया गरेर धोका पाउनेमा पीएचडी गरेको छु !!
माया प्रेमको परिभाषा लम्बेतान नदिए हुन्छ !!
मैले दिएको उजुरीमा फैसला सुनाउँदै गर्दा !!
श्रीमान, उनी विरुद्ध फैसला सुनाएर अपमान नदिए हुन्छ !!
श्रीराम रानाभाट /दुबई ।


















