Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

बैंकिङसहित २५ अत्यावश्यक सेवामा हड्ताल निषेध

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 10, 2026
12 shares

काठमाडौं । सरकारले बैंकिङ क्षेत्रसहित २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न निषेध गरेको छ। अत्यावश्यक सार्वजनिक सेवामा पटक–पटक हुने हड्ताल तथा आन्दोलनका कारण सेवा प्रवाह प्रभावित भएको गुनासो बढेपछि सरकारले यस्तो निर्णय गरेको हो।

गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ‘आवश्यक सेवा सञ्चालन ऐन, २०१४’ को दफा ३ को उपदफा (१) बमोजिम उक्त सेवाहरूलाई अत्यावश्यक घोषणा गर्दै हड्ताल निषेध गरेको जनाएको छ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार अब बैंकिङ सेवा, बीमा सेवा, डाँक, तार तथा टेलिफोन सेवा, जल, स्थल तथा हवाईमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने यातायात सेवामा हड्ताल गर्न पाइने छैन।

त्यस्तै, विमानस्थल तथा हवाईजहाजको सञ्चालन, मर्मत र व्यवस्थापनसम्बन्धी सेवा, रेल्वे स्टेशन तथा सरकारी गोदाममा मालसामानको ढुवानी, भण्डारण र व्यवस्थापनसम्बन्धी सेवा, सरकारी छापाखाना सेवा तथा रक्षा व्यवस्थासँग सम्बन्धित हातहतियार, खरखजाना र अन्य सैनिक सामग्रीको उत्पादन, भण्डारण तथा वितरणसम्बन्धी सेवामा पनि हड्ताल निषेध गरिएको छ।

सरकारले सञ्चार सेवा, आन्तरिक सुरक्षा सेवा, खानेपानी वितरण सेवा, पर्यटन क्षेत्रअन्तर्गत होटल, मोटेल, रेस्टुराँ तथा रिसोर्ट सेवा, पेट्रोलियम पदार्थ तथा एलपी ग्यासको आयात, ढुवानी, भण्डारण र वितरणसम्बन्धी सेवा पनि अत्यावश्यक सेवाको सूचीमा समावेश गरेको छ।

यस्तै, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन, एम्बुलेन्स सेवा, औषधि उत्पादन तथा वितरण, विद्युत सेवा, फोहोरमैला संकलन, ढुवानी तथा व्यवस्थापनसम्बन्धी सेवा, पूर्वाधार निर्माण तथा व्यवस्थापनसम्बन्धी सेवामा समेत हड्ताल गर्न रोक लगाइएको छ।

सरकारले दैनिक उपभोग्य वस्तुहरू—खाद्यान्न, दाल, चामल, नुन र तेलको आयात, ढुवानी, भण्डारण तथा वितरण सेवा, मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा, मास्क तथा ह्यान्ड स्यानिटाइजरसम्बन्धी सेवा, भेटेरिनरी सेवा, कन्सुलर सेवा, राहदानी सेवा तथा इन्टरनेट सेवालाई पनि अत्यावश्यक सेवाको सूचीमा राखेको छ।

सरकारको यो निर्णयसँगै सूचीकृत सेवामा कार्यरत कर्मचारी तथा सम्बन्धित पक्षहरूले कानुनले तोकेबाहेकका अवस्थामा हड्ताल वा सेवा अवरुद्ध गर्ने गतिविधि गर्न नपाउने भएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved