Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

कर्जा विविधीकरण र प्रविधिमैत्री सेवाले एमएडब्लु हायर पर्चेजको व्यवसाय विस्तार, रेटिङमा सुधार

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 10, 2026
0 shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले कम प्राथमिकता दिने क्षेत्रलाई लक्षित गर्दै सञ्चालन भइरहेको एमएडब्लु ग्रुपअन्तर्गतको एमएडब्लु हायर पर्चेज लिमिटेड ले कर्जा पोर्टफोलियो विविधीकरण, डिजिटल सेवा विस्तार र जोखिम व्यवस्थापनमा सुधारसँगै व्यवसाय विस्तार गरेको जनाएको छ।

कम्पनीका महाप्रबन्धक प्राणनाथ भट्टराईका अनुसार कम्पनीले कर्जा लगानीलाई कुनै एक क्षेत्रमा सीमित नराखी विभिन्न प्रकारका सवारीसाधन, कृषि उपकरण, व्यावसायिक मेसिनरी तथा मोबाइल फोनसम्म विस्तार गरेको छ। उनका अनुसार कन्स्ट्रक्सन इक्विपमेन्ट, ट्रक, ट्रिपर, बस, विद्युतीय माइक्रोबस, निजी कार, ट्र्याक्टर, कल्टिभेटरलगायतका क्षेत्रमा कम्पनीले लगानी गरिरहेको छ।

कम्पनीले आफ्नै समूहअन्तर्गतका यामाहा मोटरसाइकलमा मात्र नभई रोयल इन्फिल्ड, एथर, अप्रिलिया तथा भेस्पा ब्रान्डका सवारीसाधनमा समेत फाइनान्सिङ सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ। पछिल्ला दुई वर्षयता मोबाइल फाइनान्सिङमा समेत प्रवेश गरेको कम्पनीले २५ हजारदेखि ३० हजार रुपैयाँसम्म मूल्यका मोबाइल खरिदका लागि कर्जा सुविधा दिन थालेको छ।

महाप्रबन्धक भट्टराईका अनुसार मोबाइल कर्जा पूर्ण रूपमा डिजिटल प्रक्रियामार्फत स्वीकृत हुने व्यवस्था गरिएको छ। ग्राहकले आवश्यक कागजातसहित मोबाइल एपबाट आवेदन दिएपछि करिब आधा घण्टाभित्र कर्जा स्वीकृत हुने प्रणाली विकास गरिएको उनले बताए।

कम्पनीले दुर्गम तथा बैंकिङ पहुँच सीमित भएका क्षेत्रमा समेत सेवा विस्तार गरेको जनाएको छ। कर्जा अधिकृतमार्फत स्थानीय स्तरमै कर्जा प्रक्रिया पूरा गर्ने व्यवस्था मिलाइएकाले ग्राहकलाई मुख्य बजार वा शहरसम्म धाउनुपर्ने बाध्यता नरहेको कम्पनीको दाबी छ। मोटरसाइकल खरिदमा भने ‘अन द स्पट फाइनान्सिङ’ सुविधा उपलब्ध गराइएको छ।

भट्टराईका अनुसार बैंकको पहुँचबाहिर रहेका सर्वसाधारण, स्वरोजगार व्यवसायी तथा बैंकका मापदण्ड पूरा गर्न नसक्ने ग्राहकलाई लक्षित गरी हायर पर्चेज कम्पनीहरूले वित्तीय पहुँच विस्तारमा योगदान पुर्‍याइरहेका छन्।

कम्पनीका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म ३ अर्ब ६६ करोड रुपैयाँ रहेको कर्जा लगानी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ५ अर्ब रुपैयाँ पुगेको छ।

यस अवधिमा खराब कर्जा अनुपात पनि घटेको कम्पनीले जनाएको छ। गत आर्थिक वर्षमा २ प्रतिशत रहेको खराब कर्जा चालु आवको चैत मसान्तसम्म १.९५ प्रतिशतमा झरेको महाप्रबन्धक भट्टराईले जानकारी दिए। कर्जा पोर्टफोलियो विविधीकरणका कारण जोखिम व्यवस्थापन प्रभावकारी भएको उनको भनाइ छ।

हाल कम्पनीको नेटवर्थ ७० करोड रुपैयाँ रहेको छ। नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार हायर पर्चेज कम्पनीले आफ्नो नेटवर्थको अधिकतम १० गुणासम्म कर्जा लिन सक्ने भए पनि कम्पनीले हालसम्म ३ अर्ब ८० करोड रुपैयाँ मात्र ऋण उपयोग गरेको जनाएको छ।

नेपालमा हाल करिब १० वटा हायर पर्चेज कम्पनी सञ्चालनमा रहेका छन्। ती कम्पनीहरूले संयुक्त रूपमा ३० अर्ब रुपैयाँभन्दा बढी लगानी गरी ३ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेका छन्।

तर हायर पर्चेज कम्पनीहरूले बैंक तथा वित्तीय संस्थासरह सुविधा नपाएको गुनासो गरेका छन्। महाप्रबन्धक भट्टराईका अनुसार बैंकहरूले खराब कर्जाबापतको प्रोभिजनलाई खर्चका रूपमा गणना गर्न पाउने तथा ऋण असुली न्यायाधिकरणमार्फत कर्जा असुल गर्न सक्ने सुविधा पाउँदा हायर पर्चेज कम्पनीहरू भने त्यस्ता सुविधाबाट वञ्चित छन्।

उनका अनुसार खराब कर्जा असुलीका लागि जिल्ला अदालतको प्रक्रिया अपनाउनुपर्ने भएकाले समय र लागत दुवै बढ्ने गरेको छ। साथै, ३० प्रतिशत आयकर तिर्दै आएका कम्पनीहरूले खराब कर्जाका लागि छुट्याइएको प्रोभिजन रकममा समेत कर तिर्नुपर्ने अवस्था रहेको उनले बताए।

यसैबीच, क्रेडिट रेटिङ संस्था ICRA Nepal ले एमएडब्लु हायर पर्चेजको दीर्घकालीन कर्जा रेटिङ ‘LBB+’ बाट ‘LBBB-’ मा स्तरोन्नति गरेको छ। त्यस्तै, अल्पकालीन कर्जा रेटिङ ‘A4+’ बाट ‘A3’ मा सुधार गरिएको छ।

इक्रा नेपालका अनुसार कम्पनीको वित्तीय प्रदर्शनमा आएको सुधार, सम्पत्ति गुणस्तरमा प्रगति, प्रभावकारी जोखिम व्यवस्थापन प्रणाली तथा कर्जा असुली प्रक्रियामा भएको सुधारका आधारमा रेटिङ उकासिएको हो।

रेटिङ एजेन्सीले कम्पनीको सञ्चालन नाफा स्थिर रहेको, खुद ब्याज मार्जिन सन्तुलित रहेको तथा सञ्चालन खर्च नियन्त्रणमा रहेकाले वित्तीय अवस्थामा सकारात्मक सुधार देखिएको जनाएको छ।

एमएडब्लु हायर पर्चेजले प्रविधिमा आधारित कर्जा व्यवस्थापन र प्रभावकारी रिकभरी प्रणालीमार्फत व्यवसाय विस्तारसँगै वित्तीय सुदृढीकरणलाई प्राथमिकता दिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved