Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

म्याग्दीमा १८० मेगावाटको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 9, 2026
0 shares

म्याग्दी । म्याग्दी जिल्लामा निर्माण हुन लागेको १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजनाको मुख्य संरचना निर्माण कार्य सुरु भएको छ। कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिद्वारा प्रवर्द्धित आयोजनाले सोमबारदेखि अन्नपूर्ण गाउँपालिका–४ भालेबास क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खन्ने काम थालेको हो।

आयोजना निर्देशक रमण सिंहका अनुसार चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनामा ५ किलोमिटर ६०० मिटर लामो सुरुङ निर्माण गरिनेछ। सुरुङ निर्माणका लागि भालेबास, गाडपार, घराप तथा अर्को एक स्थान गरी चार बिन्दुबाट काम अघि बढाइने तयारी गरिएको छ।

उनले मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा बाँध निर्माण तथा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापमा विद्युत्गृह निर्माणको तयारी भइरहेको जानकारी दिए। आयोजनाको सिभिल निर्माणको जिम्मा साउथ एसियन इन्फ्रास्ट्रक्चरले लिएको छ र कम्पनीका प्राविधिक टोली आयोजनास्थलमा परिचालित भइसकेका छन्।

‘रन अफ द रिभर’ अवधारणामा आधारित यस आयोजनामा करिब एक किलोमिटर लामो पेनस्टक पाइपलाइन रहनेछ। विद्युत्गृह र आउटलेटबीचको उचाइ अन्तर ४८० मिटर रहेको बताइएको छ। साथै प्रवर्द्धक कम्पनी, निर्माण कम्पनी र नेपाली सेनाका लागि आवश्यक कार्यालय, आवास तथा विस्फोटक पदार्थ भण्डारण भवन निर्माण अन्तिम चरणमा पुगेका छन्।

आयोजनाका लागि हालसम्म आठ किलोमिटर पहुँचमार्ग निर्माण सम्पन्न भइसकेको छ भने गाडपार क्षेत्रमा बेलिब्रिज जडानको तयारी भइरहेको छ। उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न घरापदेखि दाना क्षेत्रसम्म २२० केभी क्षमताको करिब एक किलोमिटर प्रसारण लाइन निर्माण गरिनेछ।

करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र प्रभु बैंकको लगानी रहनेछ। आयोजनाका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठका अनुसार प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १० प्रतिशत सेयर छुट्याउने व्यवस्था गरिएको छ।

धार्मिक विधिपूर्वक पूजाआजा गर्दै आयोजना निर्माणको शुभारम्भ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समुदायका अगुवा, प्रवर्द्धक कम्पनी, निर्माण कम्पनी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले कालीगण्डकी गर्ज म्याग्दी जिल्लामा हालसम्म निर्माण हुन लागेको सबैभन्दा ठूलो जलविद्युत् आयोजना भएको बताए। उनका अनुसार नारच्याङ क्षेत्रका नदीहरूमा यसअघि नै १६२ मेगावाट क्षमताका पाँच जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने कालीगण्डकी नदीमा थप जलविद्युत् आयोजना निर्माण तथा विस्तारको क्रम जारी छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved