Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाल–भारतबीच अनलाइन रकम स्थानान्तरण सेवा सुरु, दुई वाणिज्य बैंकद्वारा घोषणा

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 8, 2026
3 shares

काठमाडौँ । नबिल बैंक र माछापुच्छ्रे बैंकले आइतवार नेपाल र भारतबीच अनलाइन माध्यमबाट एकअर्को देशको बैंक खातामा रकम स्थानान्तरण गर्न सकिने सेवा शुरू गरेको जानकारी गराएका छन् । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका अवसरमा दुई देशबीच अनलाइनमार्फत ‘क्रश बोर्डर रकम ट्रान्सफर’ सेवा शुरू भएको घोषणाको भोलिपल्ट नेपालका यी दुई बैंकले तत्काल सेवा सञ्चालनमा ल्याएको जानकारी गराएका हुन् ।

दुवै बैंकले छुट्टाछुट्टै विज्ञप्तिमार्फत भारतीय बैंकमा र भारतीय बैंकबाट नेपाली बैंक खातामा रकम ट्रान्सफर शुरू भएको बताएका छन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली यो सेवा सीमापार भुक्तानीलाई थप छिटो, सहज र सुरक्षित बनाउने दिशामा महत्त्वपूर्ण कदम भएको बताउँछन् । ‘यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ सेवाको विस्तार तथा ग्राहक सुविधाको अभिवृद्धिमा योगदान पुर्याउनेछ,’ उनले भने ।

परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस जयशंकरले संयुक्त रूपमा शनिवार सेवाको उद्घाटन गरेका हुन् । भारतको युनिफाइड पेमेन्टस् इन्टरफेस (यूपीआई) र नेपालको नेसनल पेमेन्टस् इन्टरफेस (एनपीआई) बीचको अन्तर–आबद्धतामार्फत दुई देशबीच रकम स्थानान्तरण गर्न सकिने व्यवस्था लागू भएको हो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल २०८० सालमा भारत भ्रमणमा जाँदा अन्तरदेशीय अनलाइन रकम ट्रान्फर गर्ने सहमति भएको थियो । त्यसैको कार्यान्वयन ढिला गरी भएको हो ।

भारततर्फ भने हाल १४ ओटा बैंकले नेपालबाट पठाइएको रकम प्राप्त गर्न सक्ने सुविधा उपलब्ध गराएका छन् । तर, नेपाली बैंक खातामा रकम पठाउने सुविधा भने हालका लागि स्टेट बैंक अफ इन्डिया (एसबीआई) ले मात्र उपलब्ध गराएको छ ।

नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) का प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानका अनुसार आइतवारदेखि दुवै देशका बैंक खातामा अनलाइन माध्यमबाट रकम स्थानान्तरण सेवा सञ्चालनमा आएको छ । ‘अहिलेलाई नेपाल र भारतका बैंक खाताबीच प्रत्यक्ष रकम ट्रान्सफर गर्न सकिने सेवा शुरू भएको छ,’ उनले भने ।

हाल नेपालका नौओटा वाणिज्य बैंकले यो सेवा सञ्चालनका लागि एनसीएचएलसँग सम्झौता गरिसकेका छन् । ती बैंकमार्फत नेपालमा काम गरिरहेका वा अस्थायी बसोवास गरिरहेका भारतीयले भारतीय बैंक खातामा रकम स्थानान्तरण गर्न सक्छन् । रकमको सीमा भने नेपाल राष्ट्र बैंकले तोकेअनुसार हुनेछ ।

अनलाइन रकम स्थानान्तरण शुरू भए पनि भारतले नेपालीले भारतमा क्यूआरमार्फत भुक्तानी गर्न पाउने सुविधा उपलब्ध गराएको छैन । प्रधानका अनुसार नेपालीले भारतमा क्यूआरमार्फत मर्चेन्ट भुक्तानी सेवा सञ्चालन हुन केही समय लाग्न सक्छ । भारतीय नागरिकहरूले भने सन् २०२४ को मार्चदेखि नेपालमा क्यूआरबाट भुक्तानी गर्ने सुविधा पाइसकेका छन् ।

यो सेवाको थालनीले दुई छिमेकी राष्ट्रबीच सहज डिजिटल वित्तीय सम्बन्ध निर्माणतर्फको ठूलो कदमको संकेत दिएको थियो । त्यसयता नेपाल भ्रमण गर्ने भारतीय पर्यटक, विद्यार्थी र विरामीले आफ्नो मोबाइल फोनमार्फत भुक्तानी गर्न सकिरहेका छन् । तर, भारत जाने नेपालीहरू अझै पनि त्यो सुविधा पर्खिरहेका छन् ।

एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत प्रधानका अनुसार नेपालीले भारतमा क्यूआरमार्फत भुक्तानी सेवा प्राप्त गर्न भारतले अझै केही तयारी गर्नुपर्ने जानकारी आएको छ ।

‘भारतीय पक्षबाट केही प्राविधिक तथा कानूनी प्रक्रिया पूरा गर्न बाँकी रहेकाले सेवा सञ्चालनमा अझै केही समय लाग्नेछ,’ उनले भने । नेपाली बैंकहरू, भुक्तानी सेवाप्रदायकहरू तथा नेपाल राष्ट्र बैंकले आफ्नो पक्षबाट प्राविधिक तयारी पूरा भइसकेको भन्दै पटक–पटक आश्वासन दिएका छन् ।

नेपाल राष्ट्र बैंकले २०८० चैतमा निर्देशन जारी गर्दै नेपालमा कार्यरत भारतीय नागरिकलाई ई–बैंकिङ, मोबाइल बैंकिङ, अन्तरबैंक भुक्तानी प्रणाली तथा क्यूआर कोडमार्फत भारतस्थित बैंक खातामा रकम पठाउन अनुमति दिएको थियो । यस्तो कारोबारका लागि प्रतिदिन १५ हजार रुपैयाँ र प्रतिमहीना १ लाख रुपैयाँसम्मको सीमा तोकिएको छ ।

त्यस्तै, भारतबाट पनि क्यूआर कोडमार्फत नेपाली बैंक तथा वित्तीय संस्थामा रहेको खातामा विप्रेषण पठाउन सकिने व्यवस्था गरिएको छ । दुवै प्रकारका कारोबारका लागि नेशनल पेमेन्टस् स्वीचको प्रयोग अनिवार्य गरिएको छ । साथै, विदेशमा जारी भएका क्यूआर कोडमार्फत नेपालभित्र पनि कारोबार गर्न सकिने व्यवस्था गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

भारतीय रिजर्भ बैंकले भने भारतबाट विदेशतर्फ दैनिक २ लाख भारतीय रुपैयाँसम्म रकम स्थानान्तरण गर्न सकिने सीमा निर्धारण गरेको छ । नेपाल–भारतबीच क्रश बोर्डर भुक्तानी सेवा सञ्चालन गर्ने समझदारी २०२३ जुनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला भएको थियो । उक्त अवसरमा नेपाल राष्ट्र बैंकको समेत लगानी रहेको नेपाल क्लियरिङ हाउस र नेशनल पेमेन्टस् कर्पोरेशन अफ इन्डियाको अन्तरराष्ट्रिय शाखा एनआईपीएलबीच सम्झौता भएको थियो ।

त्यसपछि नेपालको निजी भुक्तानी सेवाप्रदायक कम्पनी फोनपेले पनि सीमापार भुक्तानी सेवा सञ्चालनका लागि भिम यूपीआईएसँग सम्झौता गरेको थियो । ग्लोबल फिनटेक फेस्ट–२०२३ मा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा सम्झौता भएपछि नेपालमा फोनपे क्यूआरमार्फत भारतीय नागरिकले सहज रूपमा भुक्तानी गर्न सक्ने सुविधा शुरू भइसकेको छ । राष्ट्र बैंकका अनुसार २०८२ चैतमा मात्र २ लाख ८२ हजार ८४४ कारोबारबाट ७१ करोड ४० लाख रुपैयाँ अन्तरदेशीय भुक्तानी भएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved