Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

वैदेशिक रोजगारमा जाने नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 8, 2026
0 shares

काठमाडौँ । वैदेशिक रोजगारमा जाने नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य गरिएपछि सहभागिता बढे पनि अधिकांशले नियमित योगदान नगरेको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ ।

कोषले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार जेठ १२ गतेसम्ममा २२ लाख ६२ हजार वैदेशिक रोजगारीमा रहेका नेपाली यस योजनामा आबद्ध भइसकेका छन् । यसको तुलनामा स्वदेशको औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सहभागिता ६ लाख ९३ हजारमात्र छ ।

त्यस्तै, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको संख्या निकै न्यून छ । हालसम्म ९९७ जनामात्र अनौपचारिक क्षेत्रका श्रमिक कोषमा सहभागी भएका छन् । आफ्नो व्यवसाय सञ्चालन गरिरहेका स्वरोजगार क्षेत्रका १ हजार ५७ जनामात्र कोषमा आबद्ध भएको देखिएको छ । जेठ २२ गतेसम्म योगदानकर्ताबाट १ खर्ब ११ अर्ब योगदान भएको कोषले बताएको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको सहभागिता बढे पनि नियमित योगदान नगर्दा उनीहरू कोषले दिने सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था आएको कोषका अधिकारीहरू बताउँछन् ।

सामाजिक सुरक्षा कोषका प्रवक्ता कृष्ण अधिकारीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको संख्या दिनप्रतिदिन बढ्दो रहेको, तर धेरैले नियमित योगदान नगरेको बताए ।

हाल वैदेशिक रोजगारीमा रहेका श्रमिकमध्ये १ लाख ६९ हजारभन्दा बढीलेमात्र एक किस्ताभन्दा बढी योगदान गरेका छन् । ‘शुरूका दिनमा योगदानलाई निरन्तरता दिने दर केही कम थियो, तर अहिले क्रमशः बढ्दै गएको छ,’ उनले भने ।

उनका अनुसार धेरै गन्तव्य मुलुकमा भुक्तानी प्रणाली तथा सेवा पहुँच श्रमिकसम्म सहज रूपमा नपुगेका कारण पनि नियमित योगदान सुनिश्चित गर्न अप्ठ्यारो परेको हो ।

‘साथै, सामाजिक सुरक्षासम्बन्धी चेतना र साक्षरताको स्तर अझै बढाउन आवश्यक छ,’ उनले भने, ‘सामाजिक सुरक्षा किन आवश्यक छ, यसका फाइदा के हुन् र भविष्यमा यसले कसरी सुरक्षा प्रदान गर्छ भन्ने विषयमा श्रमिक र उनीहरूका परिवारलाई समेत जानकारी गराउनुपर्ने आवश्यकता देखिएको छ ।’

अधिकारीका अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सामाजिक सुरक्षा योजनामा आबद्धता अनिवार्य गरिएपछि सहभागिता उल्लेखनीय रूपमा बढेको हो । २०७९ सालको चैत्रमा सरकारले वैदेशिक रोजगारीमा जानेका लागि सामाजिक सुरक्षा कोषमा आबद्धता अनिवार्य गरेको हो ।

यता स्वदेशभित्रकै अनौपचारिक र स्वरोजगार क्षेत्रलाई कोषको दायरामा ल्याउन ठोस कानूनी बाध्यता र प्रभावकारी प्रोत्साहन नहुँदा सहभागिता न्यून देखिएको सामाजिक सुरक्षाका जानकारहरू बताउँछन् । श्रमविज्ञ गणेश गुरुङ स्वदेशी श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन राज्यले प्रभावकारी कदम चाल्नुपर्ने बताउँछन् । उनका अनुसार स्वदेशका साना तथा मझौला उद्योग र अनौपचारिक क्षेत्रलाई लक्षित गरी विभिन्न योजना अघि सार्नुपर्छ । प्रतिष्ठानमा अनिवार्यता लागू गरेमात्रै यो प्रभावकारी हुने उनको भनाइ छ ।

कोषका प्रवक्ता अधिकारी स्वदेशभित्रका श्रमिकको संख्या पनि क्रमशः बढिरहेको बताउँछन् । कुनै क्षेत्रलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा प्रणालीमा जोड्ने व्यवस्था गरे सहभागिता अझ तीव्र गतिमा बढ्ने उनको भनाइ छ । अधिकारीका अनुसार सरकारले आगामी बजेटमार्फत अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा आकर्षित गर्न केही कार्यक्रम र बजेट विनियोजन गरेकाले यो वर्ष थप आकर्षण बढ्नेछ । उनका अनुसार कोषले लगानीको दायरा पनि बढाउँदै छ । अहिलेको लगानी कार्यविधिअनुसार जलविद्युत् तथा अन्य परियोजनामा लगानी गर्न कोषले खोजिरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved