Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

नेपाली ख्रीष्टियन समुदायमा सुशासन, पारदर्शिता र शुद्धीकरणका लागि नयाँ संस्था गठनको तयारी

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 5, 2026

काठमाडौं । नेपाली ख्रीष्टियन समुदायभित्र पछिल्ला वर्षहरूमा देखिएका विभिन्न विकृति, विसंगति, आर्थिक अपारदर्शिता, हैकमवादी प्रवृत्ति तथा त्यसबाट उत्पन्न भएका सामाजिक, नैतिक र कानुनी जटिलताहरूलाई सम्बोधन गर्ने उद्देश्यले नयाँ संस्थाको गठन प्रक्रिया अगाडि बढाइएको छ।

विश्वसनीय स्रोतका अनुसार प्रस्तावित संस्थाले समुदायभित्र सुशासन, पारदर्शिता, उत्तरदायित्व, आत्मिक शुद्धता तथा नैतिक नेतृत्वको प्रवर्द्धनलाई मुख्य उद्देश्यका रूपमा अघि बढाउनेछ। साथै चर्च तथा सम्बन्धित संस्थाहरूमा देखिने अनियमितता, शक्ति दुरुपयोग, आर्थिक अपारदर्शिता र अन्य बेथितिविरुद्ध सचेतना तथा सुधारमुखी अभियान सञ्चालन गरिने जनाइएको छ।

संस्थाले मानव अधिकारको संरक्षण, कानुनी सचेतना अभिवृद्धि, पीडित व्यक्ति तथा मण्डलीहरूलाई आवश्यक सहयोग तथा संरक्षण उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्ने जनाएको छ। साथै समुदायभित्र जवाफदेही नेतृत्वको विकास, आर्थिक अनुशासन तथा स्वस्थ धार्मिक अभ्यासको प्रवर्द्धनमा विशेष जोड दिइने बताइएको छ।

स्रोतका अनुसार चर्च तथा धार्मिक संस्थाहरूका अगुवा, पाष्टर तथा जिम्मेवार पदाधिकारीहरूको आर्थिक पारदर्शिता र नैतिक उत्तरदायित्व सुनिश्चित गर्न आवश्यक पहल गरिनेछ। सेवा–संगति तथा धार्मिक गतिविधिको नाममा प्राप्त हुने स्वदेशी तथा विदेशी सहयोग, भेटी, दान र दक्षिणाको पारदर्शी तथा उत्तरदायी व्यवस्थापनका लागि सम्बन्धित निकायहरूसँग सहकार्य गरिने योजना रहेको छ। साथै नेपाली ख्रीष्टियन समुदायलाई आत्मनिर्भर, स्वाभिमानी र आफ्नै स्रोत–साधनमा आधारित भएर अघि बढ्न प्रेरित गर्ने उद्देश्यसमेत संस्थाले लिएको बताइएको छ।
संस्थाले मानव अधिकारकर्मी, कानुन व्यवसायी, प्रहरी प्रशासन, सञ्चारकर्मी, भ्रष्टाचार नियन्त्रण तथा सुशासनसँग सम्बन्धित निकायहरू र अन्य सरोकारवालासँग सहकार्य गर्दै समुदायभित्र रहेका सबै प्रकारका बेथिति, अनियमितता र विकृतिविरुद्ध सशक्त रूपमा आवाज उठाउने तयारी गरेको स्रोतले जनाएको छ।
प्रस्तावित संस्थाको केन्द्रीय संरचनामा एक संयोजक, एक सह–संयोजक, एक सचिव, एक कोषाध्यक्ष तथा छ सदस्य गरी नौ सदस्यीय कार्यसमिति रहने प्रस्ताव गरिएको छ। साथै देशभरका प्रत्येक जिल्लाबाट एक–एक जना प्रतिनिधि सदस्य रहने व्यवस्था गरिने जनाइएको छ।

संस्थामा प्रदेशस्तरीय संरचना नराखी प्रत्यक्ष जिल्ला–केन्द्र समन्वयमा आधारित संगठनात्मक ढाँचा निर्माण गर्ने तयारी गरिएको बताइएको छ।
हाल संस्थाको उद्देश्य, संरचना तथा कार्ययोजनाबारे विभिन्न सरोकारवाला पक्षहरूसँग निरन्तर छलफल र परामर्श भइरहेको स्रोतले जनाएको छ। कानुनी रूपमा दर्ता तथा आवश्यक प्रक्रिया पूरा भएपछि संस्थाको नाम, नेतृत्व, विस्तृत उद्देश्य र कार्ययोजना सार्वजनिक गरिने तयारी भइरहेको भए पनि हालसम्म संस्थाको नाम भने गोप्य राखिएको छ।

स्रोतका अनुसार सम्पूर्ण प्रक्रिया पूरा भएपछि नेपाली ख्रीष्टियन समुदायमा सुशासन, पारदर्शिता, नैतिकता, आत्मनिर्भरता तथा उत्तरदायी नेतृत्व विकासलाई केन्द्रमा राख्दै संस्थाको औपचारिक घोषणा गरिनेछ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जिय...

  • June 5, 2026

चार वर्षमा १५ करोड बराबरका विकास योजना सम्पन्न : अध्यक्ष न्यौपाने

  • June 5, 2026

उच्चस्तरीय अन्तर-व्यवस्थापिका सम्मेलन भाेलिदेखि टीकापुरमा, ‘टी...

  • June 5, 2026

रास्वपा खोटाङको पहिलो जिल्ला अधिवेशन यहि २४ गते दिक्तेलमा हुँदै

  • June 5, 2026

सूर्यविनायक वडानं. ५ सार्वजनिक सुनुवाई: खानेपानी, सुरक्षा र दु...

  • June 5, 2026

५ दिने भारत भ्रमणबाट रास्वपा सभापति लामिछाने आज स्वदेश फर्किँदै

  • June 5, 2026

रास्वपा भक्तपुर जिल्ला अधिवेशन भाेलि, नेतृत्व चयनसँगै संघीय सा...

  • June 5, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved