Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

माफी माग्न वाईसिएलको माग, गोरखाबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 3, 2026
0 shares

गोरखा। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको राष्ट्रियता तथा नेपालको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै वाईसिएल नेपाल गोरखाले आज जिल्ला प्रशासन कार्यालय गोरखामार्फत ज्ञापनपत्र बुझाएको छ।

वाईसिएल नेपाल केन्द्रीय सदस्य तथा गोरखा इन्चार्ज सागर श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएको हो।
ज्ञापनपत्रमा प्रधानमन्त्रीको अभिव्यक्तिले आम नेपालीको राष्ट्रिय भावना र राष्ट्रिय स्वाभिमानमा चोट पुर्‍याएको उल्लेख गर्दै उक्त अभिव्यक्ति फिर्ता लिन तथा सार्वजनिक रूपमा माफी माग्न माग गरिएको छ।

वाईसिएल नेपालका अनुसार केन्द्रीय समितिको निर्देशनबमोजिम आज देशभरका ७६ जिल्ला प्रशासन कार्यालयमार्फत एकैसाथ ज्ञापनपत्र बुझाइएको हो। यसअघि मंगलबार संगठनले प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा देशव्यापी मशाल जुलुससमेत प्रदर्शन गरेको जनाएको छ।
ज्ञापनपत्र बुझाउने क्रममा वाईसिएल नेपाल गोरखाले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति स्पष्ट धारणा सार्वजनिक गरी माफी नमागे थप संघर्षका कार्यक्रम घोषणा गरिने चेतावनी दिएको छ। संगठनले आवश्यक परे गोरखा जिल्लाभर चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गरी सरकारको ध्यानाकर्षण गराउने जनाएको छ।

वाईसिएल नेपाल गोरखाले राष्ट्रियता, राष्ट्रिय स्वाभिमान र देशको सार्वभौमिकतासँग सम्बन्धित विषयमा कुनै पनि सम्झौता स्वीकार्य नहुने भन्दै आफ्नो आन्दोलन जारी रहने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved