Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

“२०८३” को पोएट आइडल उपाधि प्रसान परियारलाई

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 2, 2026

हिमांशु राय बेलबारी मोरङ । बेलबारी साहित्य विकास समितिले आयोजना गरेको ‘द पोएट आइडल–२०८३’ को उपाधि प्रसान परियारले जितेका छन् । बेलबारी ३ मा रहेका भगवती माविमा अध्ययनरत छात्र परियारले १० जना प्रतियोगीलाई उछिन्दै उक्त उपाधि हाता पारेका हुन् ।

बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न प्रतियोगितामा भगवती माविकै छात्रा मनु राई द्वितीय, बेलबारी–४ मा रहेको कसेनी माविकी छात्रा दिनिसा कुलुङ राई तृतीय तथा बेलबारी–१ मा रहेको भानु मेमोरियल स्कुलकी छात्रा कृपा सुवेदीले सान्त्वना पुरस्कार हासिल गरेका थिए । विजयी बाल कविहरूलाई नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

विद्यालय तहमै बालबालिकामा साहित्यिक चेतना, सृजनशीलता र अभिव्यक्ति क्षमताको विकास गर्ने उद्देश्यले यस्तो प्रतियोगिताको आयोजना गर्दै आएको बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला बताउँछन् ।
कवि तथा रङ्गकर्मी भरत बर्बरिक, कवि अशोक साम्पाङ (विद्रोही कान्छा) र कवि उमा सिजापतीले निर्णायकको भूमिकामा थिए । फाइनल चरणसम्म आइपुग्दा कविता लेखन, वाचन, प्रस्तुति कला तथा समग्र सिर्जनात्मक क्षमताका आधारमा मूल्याङ्कन गरिएको थियो ।

विभिन्न चरणमा गरिएको अडिसनका आधारमा छानिएका १० जना फाइनलिस्टले फाइनल चरणमा भाग लिएका थिए ।
कार्यक्रममा इरान राई, केशु विरही, रामप्रसाद खरेल, विनोद विवश घिमिरे आदि स्रष्टाले शुभकामना मन्तव्यका साथमा बालबालिकालाई अभिप्रेरणा जगाउने खालका रचनासमेत प्रस्तुत गरेका थिए ।

प्रा. डा. भीम खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न फाइनल प्रतियोगितामा बेलबारीका अग्रज स्रष्टाहरू हर्कमान तामाङ, इरान राई, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, बेलबारी साहित्य विकास समितिका पूर्व अध्यक्ष तिला लेकाली, नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभागका पूर्व सदस्य रामप्रसाद खरेल, आम्लाबुङ साहित्य संसारका अध्यक्ष धनजित पराजुली, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खा, सुन्दरहरैँचा कला साहित्य विकास समितिका सचिव गीताप्रसाद श्रेष्ठ आदि साहित्यिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

त्यस्तै उक्त कार्यक्रममा विनोद विवश घिमिरे, शेरबहादुर खपाङ्गी मगर, शेखर थापा मगर, केपी घिमिरे, यज्ञ सुवेदी सुसेली, रूपनारायण श्रेष्ठ, प्रेम गुरुङ, गोविन्द हुक्पा चोङबाङ, विमला सुवेदी तिम्सिनालगायतका स्रष्टा तथा कलाकारहरू उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा बेलबारीमा रहेका विभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो ।

बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिकी उपाध्यक्ष लक्ष्मी रेग्मी सुवेदीले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन भने संस्थाका कोषाध्यक्ष शिव पराजुलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

रावल आयोगको प्रतिवेदन ३१ वर्षपछि कार्यान्वयनमा लैजाने सरकारको ...

  • June 12, 2026

फ्लाइदुबईको पोखरा उडानले नेपाल–यूएई सम्बन्धलाई नयाँ उचाइ दिने ...

  • June 12, 2026

नेपाल बैंकको वेबसाइट अब अपाङ्गतामैत्री, दृष्टिविहीन तथा अपाङ्ग...

  • June 12, 2026

वर्षा र सडक मर्मतका कारण मुख्य राजमार्गहरूमा यातायात सेवा आंशि...

  • June 12, 2026

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान जारी, ५ लाख ३८ ह...

  • June 12, 2026

आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने

  • June 12, 2026

प्रतिनिधिसभा बैठक आज बस्दै, विनियोजन विधेयकमाथि छलफलदेखि सांस्...

  • June 12, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित



सूचना चौतारी डट कम

कम्पनी दर्ता नं.-  २६७६१९-०७८-०७९

सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९

प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९

बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१

स्थायी लेखा नं- ६१००५३१८२

https://www.youtube.com/@chautaritv-hd

वेबसाइट: suchanachautari.com

इमेल:[email protected]

: [email protected]

sms तथा WhataApp मार्फत सम्पर्क: 9768518921

सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।


( सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै

गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल:

[email protected] मा पठाउनु

होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट

कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू

जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् ।

यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा,

विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः

प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध

समेत गरिन्छ। )


हामी आपसमा साझेदार छाैँ :

लिस्ट हेर्नुहोस

हाम्रो टीम

सम्पादक: दिना तामाङ

समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ

कानुनी सल्लाहकार : पिकम राई

काेशी प्रदेश प्रमुख : हिमांशु राय

[email protected]

9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे

लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

सम्वाददाताहरु:

कृष्ण कुँबर

डिकेन्द्र बस्नेत

आकाश मगर

जाेगबीर भण्डारी (JB Motu)

नारायण बहादुर कार्की

अविन मेयाङ्गवो

मल्टिमिडिया:

सुमन बुढाथोकी

रबिन्द्र परियार

हाम्रो फेसबुक

Suchana Chautari | © 2025 All rights reserved