Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

पूर्वगृहमन्त्री गुरुङमाथिकाे छानवीन प्रतेवेदन आज सरकारलाई बुझाइने

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 2, 2026
0 shares

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङमाथि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

समितिले गुरुङसँग बयान लिने, सम्पत्ति विवरण अध्ययन गर्ने लगायतका प्रक्रिया पूरा गरेपछि राय–सुझावसहितको प्रतिवेदन सरकारसमक्ष पेश गर्न लागेको हो।

समितिका सदस्य अच्युतमणि नेउपानेका अनुसार समितिलाई दिइएको कार्यादेशअनुसारको छानबिन कार्य सम्पन्न भइसकेको छ।

‘पूर्वगृहमन्त्री गुरुङसँग बयान लिने, सम्पत्ति विवरणलगायतका विषयमा अध्ययन गर्ने काम पूरा भइसकेको छ,’ उनले भने, ‘आजै सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेका छौँ।’

उनका अनुसार प्रतिवेदनमा प्रमाणका आधारमा स्पष्ट निष्कर्ष र सुझाव समावेश गरिएको छ। दोषी वा निर्दोष जे भए पनि तथ्य र प्रमाणका आधारमा राय प्रस्तुत गरिएको समितिको भनाइ छ।

मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन्।

समितिलाई प्रतिनिधिसभा सदस्यसमेत रहेका गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयको सत्यतथ्य अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।

व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। त्यसपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी २६ दिन मात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका भट्टको लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद प्रकरणमा गुरुङको नाम जोडिएपछि उनीमाथि राजनीतिक तथा सार्वजनिक दबाब बढेको थियो।

रकमको स्रोतबारे प्रश्न उठेपछि गुरुङले आफूले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved