Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

ग्रेटर नेपालको मुद्दा संसदमा प्रवेश, सीमा विवाद समाधानमा ऐतिहासिक दस्तावेजको समीक्षा आवश्यक : सांसद राजिब खत्री

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 31, 2026
0 shares

भक्तपुर । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता राजिब खत्री ले नेपालको सीमा विवादसम्बन्धी बहसले संसदमा नयाँ अध्याय सुरु गरेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद खत्रीले प्रधानमन्त्रीले संसदमा लिपुलेक–लिम्पियाधुरा र कालापानी क्षेत्रको विषय उठाउँदै समाधानको सन्दर्भमा बेलायतको ऐतिहासिक भूमिकाबारे प्रश्न उठाएको उल्लेख गरेका छन्। उनका अनुसार यसले नेपालको सीमासम्बन्धी बहसलाई नयाँ दिशातर्फ अघि बढाएको छ।

खत्रीले आजदेखि नेपालको वास्तविक सीमाना, ऐतिहासिक नक्सा तथा त्यससँग सम्बन्धित अन्तर्राष्ट्रिय सम्झौताहरूको विषय संसदभित्र औपचारिक रूपमा प्रवेश गरेको बताएका छन्। सीमा समस्याको दीर्घकालीन समाधान खोज्न विगतका सन्धि, समझदारी र ऐतिहासिक दस्तावेजहरूको गम्भीर समीक्षा आवश्यक रहेको उनको धारणा छ।

उनले निष्पक्ष र निर्भीक ढंगले बहस अघि बढे बेलायतसँग भएका ऐतिहासिक सम्झौतादेखि नेपाल–भारतबीच भएको सन् १९५० को शान्ति तथा मैत्री सन्धिको धारा ८ सम्मका विषय पुनः चर्चामा आउन सक्ने बताएका छन्। साथै, नेपालको सीमा निर्धारणसँग सम्बन्धित ऐतिहासिक प्रक्रियामा बेलायतको भूमिकाबारे थप खोजबिन र बहस हुनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।

सांसद खत्रीले नेपालको राष्ट्रिय हित, ऐतिहासिक तथ्य र अन्तर्राष्ट्रिय कानुनका आधारमा सीमासम्बन्धी विषयको समाधान खोजिनु नै अहिलेको बहसको सबैभन्दा सकारात्मक पक्ष भएको बताएका छन्। उनका अनुसार संसदमा सुरु भएको यो बहसले नेपालको सीमा सम्बन्धी मुद्दामा थप स्पष्टता र राष्ट्रिय सहमतिको आधार तयार गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved