Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रास्वपा भक्तपुरको पहिलो नगर अधिवेशन सम्पन्न, सञ्चयज्ञान यामीको नेतृत्वमा १३ सदस्यीय नगर कार्यसमिति चयन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 31, 2026
3 shares

भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भक्तपुर नगरको पहिलो नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सञ्चयज्ञान याकामीको सभापतित्वमा १३ सदस्यीय नयाँ नगर कार्यसमिति चयन गरेको छ।

अधिवेशनमा प्रमुख अतिथिका रूपमा रास्वपाका सांसद हरि ढकाल सहभागी थिए। कार्यक्रममा सांसद राजीव खत्री, सांसद रुकेश रञ्जित, बागमती प्रदेश समितिका सदस्यहरू, भक्तपुर जिल्ला सभापति, जिल्लाभित्रका विभिन्न नगरका सभापतिहरू, केन्द्रीय सदस्यहरू तथा ठूलो संख्यामा पार्टी समर्थकहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि हरि ढकालले मानव अधिकारसम्बन्धी प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरे। उनले उक्त प्रतिवेदन बुढानीलकण्ठस्थित देउवा निवास र सिङ्गापुरको प्रभावमा तयार गरिएको दाबी गरे। साथै, भदौ २४ गते पार्टी सभापति भेट्न आफूहरू दिउँसो ३ बजे कारागार पुगेको उल्लेख गर्दै सम्बन्धित प्रतिवेदनले वास्तविक घटनाक्रम नबुझेको टिप्पणी गरे।

त्यसैगरी सांसद राजीव खत्रीले भदौ २३–२४ को जनविद्रोह र जनताको प्रत्यक्ष मतका कारण सरकार परिवर्तन भए पनि वास्तविक सत्ता परिवर्तन अझै हुन बाँकी रहेको बताए। उनले आगामी स्थानीय तथा प्रदेश निर्वाचनपछि मात्रै जनअपेक्षाअनुसारको परिवर्तन सम्भव हुने दाबी गरे। वर्तमान सत्ताधारी दलहरूले अझै पनि राजनीतिक पूर्वाग्रहका आधारमा नागरिकलाई विभेदपूर्ण व्यवहार गरिरहेको आरोप लगाउँदै उनले जनताको अधिकार सुनिश्चित हुन नसकेको बताए।

भक्तपुर क्षेत्र नं. १ का सांसद रुकेश रञ्जितले संसद् र बजेटबारे धारणा राख्दै प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषयमा उठाइएका प्रश्नहरूको जवाफ दिए। उनले सांसदहरूले सम्बन्धित कानुनको पर्याप्त अध्ययन नगरी आलोचना गरेको टिप्पणी गर्दै कानुनी प्रक्रियालाई बुझ्न आवश्यक रहेको बताए। साथै, चालु आर्थिक वर्षको बजेट कुनै जिल्ला, क्षेत्र वा नेताको प्रभावमा नभई आवश्यकताका आधारमा विनियोजन गरिएको दाबी गर्दै यसलाई समग्र नेपालको हितलाई केन्द्रमा राखेर तयार गरिएको स्पष्ट पारे।

कार्यक्रममा रास्वपाका संस्थापक सदस्य तथा भक्तपुरका अगुवा राजेश शिल्पकारले पार्टी स्थापनाको प्रारम्भिक चरण सम्झिँदै रास्वपा घोषणा सभापछि आफूमा संगठन निर्माणको उत्साह थपिएको बताए। उनले जिल्लामा पार्टी विस्तारका लागि गरिएको मेहनतको परिणामस्वरूप हाल भक्तपुरबाट प्रत्यक्षतर्फ दुई र समानुपातिकतर्फ दुई गरी चार जना सांसद निर्वाचित भएको उल्लेख गरे।

शिल्पकारले यही उत्साह, जागरण र संगठनात्मक मजबुतीका आधारमा आगामी स्थानीय तह निर्वाचनमा भक्तपुरका सबै स्थानीय तहमा रास्वपाले विजय हासिल गर्ने विश्वास व्यक्त गरे। अधिवेशनले नयाँ नेतृत्व चयनसँगै संगठन सुदृढीकरण, जनतासँगको सम्बन्ध विस्तार तथा आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी गतिविधि थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved