Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

१९ओैं गणतन्त्र दिवशमा आम्लाबुङ कला साहित्य संसारको “गजल साझ” सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 30, 2026
0 shares

मोरङ बेलबारी, हिमांशु राय । १९ओै गणतन्त्र दिवशको अवसर पारेर मोरङको बेलबारी-११,लक्ष्मीमार्ग स्थित सेल्फि रोडमा आम्लाबुङ्ग कला साहित्य संसारको आयोजनामा भब्य “गजल साँझ” कार्यक्रम सु सम्पन्न भएको छ।जेष्ठ १५ गते शुक्रबार साँझ लगभग १५ सयभन्दा माथि स्थानीय दर्शक श्रोताहरुको बाक्लो उपस्थितिमा सम्पन्न कार्यक्रमको अध्यक्षता आम्लाबुङ साहित्य संसारका अध्यक्ष साहित्यकार प्राज्ञ धनजित पराजुली गर्नु भएको थियो।

कार्यक्रमको प्रमुख आतिथि पुर्व कि ख्यातिप्राप्त कवि साहित्यकार तिला लेकाली हुनुहुन्थ्यो भने विशिष्ट अतिथिमा कोशी साहित्य कला परिषदका अध्यक्ष केशु विरही अतिथिहरुमा कोशी साहित्य कला परिषदका सचिव कवि तथा मुक्तककार नवराज पोख्रेल “नवशीला” गजलकार एकराज भट्टराई, स्थानीय समाजसेवी सुजय गौतम,शिवकुमार राई,गोविन्द भण्डारी, कमल गुरुङ,अमिर मगर,नगेन्द्र मिश्र,एल वी म्याङ्बो संचारकर्मी विवेक मिश्र, अम्बिका भण्डारी, मिलन भण्डारी, लगायतको उपस्थिति रहेको आयोजक संस्थाका सह सचिव शिव पराजुलीले सुचना चौतारी लाई बताए।

पछिल्लो समय बेलबारी नगरपालिका कला,साहित्य र साँस्कृतिक हबको रुपमा क्रमश: विकसित हुँदै गरेको विज्ञहरुले विश्लेषण गर्दै आईरहेका छन्। यस नगरपालिकामा आधा दर्जन भन्दा बढि साहित्यीक तथा साँगितीक संघ संस्थाहरु दर्ता रहेको र कुनै न कुनै साहित्यीक संस्थाले राष्ट्रिय स्तरका साहित्यकार कलाकार र साँस्कृतिककर्मीहरुलाई समय समयमा निमन्त्रणा गरि दर्शक श्रोताहरुको माझ कार्यक्रम मार्फत आफ्ना प्रस्तुती दिदै आईरहेकोले पनि यस स्थानमा स्रष्टा सर्जकहरुको बाक्लो जमघट हुँदै आईरहेको छ। यसै कारण पछिल्लो समय यस नगरपालिका क्षेत्रलाई धार्मिक पर्यटन तथा साहित्यीक हबको रुपमा महत्त्वको साथ हेर्न लागिएको र यस बारेमा निकट भविश्यमा सम्पुर्ण संघ संस्थाहरुको प्रतिनिधीमुलक भेला र छलफल बाट धार्मिक पर्यटन बिस्तार ब्यावस्थापन समिती निर्माण गरि यस क्षेत्रको उन्नयन मा जोड दिने श्री लक्ष्मी सामुदायिक वनका अध्यक्ष समाजसेवी सुजय गौतमले बताएका छन्।

यस्ता कार्यक्रमहरु प्राय प्राय हुने गरेता पनि यस पटकको यो “गजल साँझ” कार्यक्रम विलकुल फरक प्रकृतिको भएको स्थानिय दर्शक स्रोतहरुले बताएका छन्। स्थानिय स्तरको साँस्कृतिक तथा धार्मिक पर्यटनलाई थप प्रर्वद्धन र बिस्तार गर्ने तथा नव पिढीका नवीन पुस्ताहरुलाई सिर्जनशिल बनाई समाज र राष्ट्र सेवामा अभिप्रेरित गर्न आफुहरुले यस्तो कार्यक्रमको आयोजना गरेको आयोजक संस्थाका अध्यक्ष साहित्यकार प्राज्ञ धनजित पराजुली ले सुचना चौतारी लाई बताए।

कार्यक्रममा बेलबारी नगरपालिका तथा आसपास छिमेकी नगरपालिका बाट आमन्त्रित साहित्यकारहरुले आ आफ्ना अब्बल अब्लल सिर्जना गजलहरु वाचन गरेर दर्शक स्रोताहरुलाई मन्त्रमुग्ध बनाएका छन्। बेलबारी नगरपालिका वडा नम्वर-११, का वडा अध्यक्ष विक्रम वान्तवा राई को पहलकदममा केन्द्रीय बजेट बाट सेल्फी रोड छेऊछाऊका दुबै पट्टी झिलमिल बत्तिहरु जडान गरि सेल्फी रोड निमार्ण कार्यको प्रारम्भ भएको र उक्त सेल्फी रोड परिसरलाई क्रमश सरोकारवाला पक्षहरु संगको छलफल र सहकार्यमा निमार्ण कार्यलाई स्तर उन्नति गर्दै जाने बताईएको छ।

बेलबारी नगरपालिका-११ स्थित रहेको उक्त सेल्फी रोडमा झिलिमिली बत्तिहरुको जडान खुल्ला परिवेश र एकान्तमय वातावरणले स्थानिय बासिन्दाहरु लाई अतिनै प्रभाव र मोहित पारिरहेको र यो गर्मीको समयमा प्रत्येक दिन जसो सो स्थानमा मर्निङ र ईभिनिङवाकको समयमा स्थानिय गाउँबासीहरु को ब्याप्त घुईचो बढेको समेत स्थानियहरु बताउछन्।

कार्यक्रममा विभिन्न सामाजिक ब्याक्तित्व हरुले आ आफ्नो स्तर बाट सहयोग गरेका थिए। यसै गरि ओएल कम सुपर मार्केट बेलबारी -११,लक्ष्मीमार्गले साहित्यकारहरुलाई पिउने पानी सौजन्य गरेको थियो। उपस्थित साहित्यकार कलाकारहरू तथा दर्शक स्रोताहरुलाई कार्यक्रम सभ्य र भव्य सम्पन्न भएकोमा आयोजक संस्थाले खुसी व्यक्त गरेको छ। गजल साँझ कार्यक्रमलाई संस्थाका कि सचिव साहित्यकार प्राज्ञ निर्मला गौतम र सह सचिव शिव पराजुलीले संयुक्त रुपमा संचालन गरेका थिए।

करिव लगातार तिन घण्टा सम्म संञ्चालित “गजल साँझ” कार्यक्रम संञ्चालन भए देखि अन्त्य सम्म दर्शक तथा श्रोताहरुमा देखिएको उर्जा र जोस प्रती नतमस्तक हुँदै कार्यक्रम सफल पार्न सबैले खेलेको सकरात्मक भुमिका प्रति आयोजक संस्थाको तर्फ बाट धन्यवाद तथा आभार प्रकट गर्दै कार्यक्रमका अध्यक्ष साहित्यकार प्राज्ञ धनजीत पराजुलीले कार्यक्रम समापन गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

बाढीपीडितका लागि प्रार्थना सहित प्रवासी नेपाली ख्रीष्टियन मण्...

  • September 10, 2026

उपसभामुखद्वारा एक महिनाको पारिश्रमिक बाढीपीडितका लागि सहयोग

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved