Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

NCFN सँग जोडिएको धार्मिक संस्थाको जग्गा विवाद अख्तियारमा, संस्थागत अनियमिततामाथि छानबिनको माग

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 27, 2026
0 shares

काठमाडौं । NCFN सँग आबद्ध एक धार्मिक संस्थाको नाममा दानस्वरूप मञ्जुरिनामा गरिएको जग्गा अर्कै संस्थाको नाममा राजिनामा गरिएको तथा संस्थाको सम्पत्ति बेचबिखन गरी अनियमितता गरिएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ। लामो समयदेखि सम्बन्धित पक्षलाई जानकारी गराउँदा पनि आवश्यक पहल नभएको भन्दै पीडित पक्ष अन्ततः अख्तियार पुग्न बाध्य भएको जनाएको छ।

पीडित पक्षका अनुसार धार्मिक तथा सामाजिक उद्देश्यका लागि प्रदान गरिएको जग्गा नियतवश अन्यत्र हस्तान्तरण गरिएको र त्यस प्रक्रियामा संस्थाको सम्पत्तिमाथि गम्भीर अनियमितता भएको दाबी गरिएको छ। यस विषयमा पटक–पटक संस्थाका वर्तमान पदाधिकारी तथा सरोकारवालाहरूलाई ध्यानाकर्षण गराउँदा समेत कुनै प्रभावकारी कदम नचालिएको उनीहरूको आरोप छ।

विशेषगरी संस्थाका वर्तमान अध्यक्ष सूर्य बहादुर बल तामाङमाथि पीडित पक्षले गम्भीर प्रश्न उठाएको छ। सुरुदेखि नै विषयलाई गम्भीर रूपमा नलिइएको, समस्या समाधानतर्फ ठोस पहल नगरेको, गुनासोहरूलाई बेवास्ता गरेको तथा सम्बन्धित पक्षहरूसँग आवश्यक समन्वय नगरेको आरोप उनीहरूसँग रहेको छ।

पीडित पक्षले भनेको छ,
“लामो समयदेखि सूर्यजी नेतृत्वमा रहँदा पनि यस विषयमा पटक–पटक आवाज उठाइयो। तर समाधानतर्फ कुनै चासो देखाइएन। त्यसैले अन्ततः अख्तियार जानुपर्ने अवस्था आयो। यो हाम्रो रहर होइन, बाध्यता हो। अब यसबाट संस्थालाई पर्ने असर र हैरानीको नैतिक जिम्मेवारी पनि वर्तमान नेतृत्वले लिनुपर्छ।”

दाताको रकमबाट किनिएको ‘बाइबल तालिम केन्द्र’को जग्गा गोप्य रूपमा बिक्री ? – Nepal Akhabar

अख्तियारमा दर्ता गरिएको निवेदनमा संस्थाको सम्पत्ति बेचबिखन गरिएको विषयमा विस्तृत छानबिन गर्न, उक्त सम्पत्ति सुरुमा जुन संस्थाको नाममा दान दिन मञ्जुरिनामा गरिएको थियो सोही संस्थाको नाममा फिर्ता गरिनुपर्ने माग गरिएको छ। साथै अनियमिततामा संलग्न व्यक्तिहरू र उनीहरूलाई संरक्षण गरेको आरोप लागेकामाथि कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।

जग्गा विवादमा फसेकाे NCFN विधान विपरित अवैध शुल्क असुलीमा समेत फस्दै – samastinepal

निवेदनमा आवश्यक कागजात, मञ्जुरिनामा सम्बन्धी प्रमाण, राजिनामा कागज तथा अन्य आधारहरू समेत संलग्न गरिएको पीडित पक्षले जनाएको छ। उनीहरूका अनुसार अब अख्तियारको निष्पक्ष अनुसन्धानमार्फत वास्तविक तथ्य बाहिर आउने अपेक्षा गरिएको छ।
यद्यपि, आरोपबारे संस्थाका अध्यक्ष सूर्य बहादुर बल तामाङ पक्षबाट हालसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन। सम्बन्धित पक्षको धारणा आउन बाँकी रहेकाले घटनाको थप सत्यतथ्य अनुसन्धानपछि मात्रै स्पष्ट हुने देखिन्छ।

यसैबीच, NCFN को नयाँ नेतृत्व चयनका लागि यही १८ र १९ गते निर्वाचन हुने तयारीसमेत गरिएको छ। चन्द्रमान नेपालीको संयोजकत्वमा निर्वाचन समिति गठन भइसकेको जनाइएको छ। संस्थाभित्रको विवाद र अख्तियारमा पुगेको उजुरीले आगामी निर्वाचन तथा संस्थाको आन्तरिक वातावरणमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।

Donations, Trust, and Accountability: Investigating the Sale of Donor‑Funded Land Intended for a Bible Training Center in Nepal – GNN025.COM

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved