Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन तयारी तीव्र

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 24, 2026
0 shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्नो पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगले २०८३ साल फागुन ७ गते जारी सूचनामार्फत महाधिवेशन तयारी सम्बन्धी विस्तृत कार्यतालिका सार्वजनिक गरेको हो।

सूचनाअनुसार केन्द्रीय निर्वाचन आयोगको निर्णय बमोजिम प्रदेश तथा जिल्ला तहमा निर्वाचन समिति गठन, अधिवेशन प्रतिवेदन संकलन, प्रतिनिधिको नामावली पेश तथा प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीको विवरण पेशलगायतका काम निश्चित समयसीमाभित्र सम्पन्न गरिनेछ।

कार्यतालिकाअनुसार ७७ जिल्ला तथा ७ प्रदेशमा निर्वाचन समिति गठनको काम फागुन ७ गतेदेखि सुरु भई फागुन १५ गतेसम्म सम्पन्न गरिनेछ। यस्तै, आधिकारिक परिपत्र तथा माइन्युट प्रतिलिपि पठाउने कार्य फागुन १० गतेसम्म सकिने जनाइएको छ।

स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन, जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने, साथै महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने कार्य पनि फागुन महिनाभित्र सम्पन्न गरिनेछ। प्रदेश अधिवेशनबाट निर्वाचित पदाधिकारीको विवरण चैत ५ गतेसम्म पेश गर्नुपर्ने कार्यतालिकामा उल्लेख छ।
यसैगरी, इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) सम्बन्धी छलफल कार्यक्रम पनि चैत ५ गतेसम्म सञ्चालन गरिने जानकारी दिइएको छ।

केन्द्रीय निर्वाचन आयोगले प्रदेश समितिका सभापतिहरूलाई जिल्ला समितिसँग आवश्यक समन्वय गरी निर्धारित कार्यतालिकाअनुसार तयारीलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गरेको छ। सूचनामा उपप्रमुख राम गुरुङको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved