Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

मध्यपुर थिमिमा रास्वपाको पहिलो नगर अधिवेशन सम्पन्न

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 23, 2026
0 shares

मध्यपुर थिमि । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको पहिलो नगर अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठन विस्तार र आगामी राजनीतिक कार्यक्रमबारे छलफल गरेको जनाएको छ ।

अधिवेशनमा प्रतिनिधि सभा सदस्य सांसद् रुकेश रञ्जितले प्रधानमन्त्रीको व्यस्तताका कारण संसदमा प्रधानमन्त्रीको फोटो मात्रै टाँसेर पनि संसद चलाउनुपर्ने अवस्था आउन सक्ने बताए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले संसदमा प्रधानमन्त्री उपस्थित भए वा नभएको विषयलाई लिएर अनावश्यक विवाद गर्नुको अर्थ नरहेको बताए ।

 

“बहस र छलफल सरकारको नीति तथा कार्यक्रममा हुनुपर्छ, प्रधानमन्त्री आए वा आएनन् भन्ने विषयमा होइन,” उनले भने । विपक्षी दलहरूले सरकारको काममा खोट भेट्टाउन नसकेपछि प्रधानमन्त्रीको उपस्थितिलाई मुद्दा बनाएको आरोप समेत उनले लगाए । प्रधानमन्त्री अहिले काममा अत्यन्त व्यस्त रहेको उल्लेख गर्दै उनले विपक्षीहरूले विरोधका लागि मात्रै विरोध गरिरहेको टिप्पणी गरे ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सांसद् रञ्जु दर्शना सहभागी रहेकी थिइन् । नगर सभापति न्हुछें मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला तथा प्रदेश तहका नेताहरू, कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

अधिवेशनबाट नगर ११ सदस्यीय  समितिको नयाँ कार्यसमिति समेत चयन गरिएको छ । समितिको नगर सभापतिमा न्हुच्छे रत्न मानन्धर चयन भएका छन् भने उपसभापतिमा उषा प्रजापति निर्वाचित भएकी छन् ।

त्यस्तै जिल्ला प्रतिनिधिमा सुस्मिता  श्रेष्ठ, सञ्जय कोइराला र सुरज श्रेष्ठ चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा राजेश उप्रेति र राधाकृष्ण श्रेष्ठ  चयन भएका छन् । महाधिवेशन प्रतिनिधिमा उज्वल श्रेष्ठ र हेमन्त राज बराल चयन भएका छन् ।

रास्वपाले भक्तपुर जिल्लामा संगठन विस्तारलाई तीव्रता दिँदै जाँदा हालसम्म चाँगुनारायण नगर सम्मेलन सम्पन्न भइसकेको र दोस्रो रूपमा मध्यपुर थिमि नगर सम्मेलन सम्पन्न भएको हो । आगामी तेस्रो सम्मेलन सूर्यविनायक नगरपालिकामा गर्ने मिति समेत तय भइसकेको रास्वपा जिल्ला सभापतिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

लोकतन्त्रका महानायक बी पीको सपना र विभाजित कांग्रेसमाथि उठेका ...

  • July 22, 2026

विदेशबाट देउवाको सन्देश: ‘नेपाली भूमिमा फर्किँदैछु, प्रतिशोधको...

  • July 22, 2026

बागमती सरकारबाट बाहिरियो एमाले

  • July 22, 2026

वी.पी. कोइरालाको ४४औँ स्मृति दिवस: कांग्रेसले बीपीको आदर्शलाई ...

  • July 22, 2026

बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

  • July 22, 2026

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने

  • July 22, 2026

देशभरका प्रमुख राजमार्गमा अवरोध, यात्रा अघि सडकको अवस्था बुझ्न...

  • July 22, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
ईश्वर श्रेष्ठ
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved