Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

२० वर्ष कैद सजाय पाएका फरार प्रतिवादी पक्राउ

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 20, 2026
0 shares

इटहरी । सुनसरी प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको विशेष प्रहरी टोलीले सोमबार इटहरी उपमहानगरपालिका–७ निवासी ४९ वर्षीय दिनेश चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सुनसरी जिल्ला अदालतको मिति २०७८ पुस २३ गतेको फैसला अनुसार मुद्दा नं. ०७७–CI–०३७२ मा चौधरीलाई २० वर्ष कैद सजाय सुनाइएको थियो। अदालतको फैसला पश्चात् उनी फरार रहँदै आएका थिए। लामो समयदेखि फरार रहेका चौधरीलाई पक्राउ गर्न प्रहरीले विशेष निगरानी तथा गोप्य सूचनाका आधारमा खोजी अभियान सञ्चालन गरेको जनाएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी अधिकृतका अनुसार चौधरी आफ्नै घरमा लुकीछिपी बस्दै आएको सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले सोमबार बिहान उनको घरमा पुगेर नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका चौधरीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सजाय कार्यान्वयनका लागि कारागार चलान गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियानलाई तीव्र बनाइएको पनि जानकारी दिएको छ। पछिल्लो समय विभिन्न आपराधिक मुद्दामा सजाय पाएर फरार रहेका व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानअन्तर्गत सुनसरी प्रहरीले निरन्तर निगरानी र अनुसन्धान गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार अभियुक्त पक्राउ अभियानलाई प्राथमिकतामा राखिएको उल्लेख गरेको छ। प्रहरीका अनुसार समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन यस्ता अभियान आगामी दिनमा अझ सशक्त रूपमा अघि बढाइनेछ।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved