भक्तपुर । धुलिखेलस्थित शब्दयात्रा प्रकाशनले पत्रकारिता विषयमा स्नातक तह चौथो वर्षमा अध्ययनरत जेहेन्दार छात्रा योगिना श्रेष्ठलाई ‘शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति–२०८३’ प्रदान गर्ने भएको छ।
भक्तपुरको ख्वप कलेजमा अध्ययनरत श्रेष्ठलाई उक्त छात्रवृत्ति आगामी जेठ ९ गते शनिबार दिउँसो १२ः३० बजे बनेपास्थित शब्दयात्रा प्रकाशनको सभाकक्षमा आयोजना हुने विशेष समारोहबीच समर्पण गरिने जनाइएको छ।

लेखक तथा पूर्वप्रशासक द्रोणप्रसाद श्रेष्ठ ले आफ्नी धर्मपत्नी मनका श्रेष्ठको स्मृति तथा सम्मानमा स्थापना गरिएको कोषमार्फत छात्रवृत्तिका लागि रकम उपलब्ध गराउँदै आउनुभएको हो।
शब्दयात्रा प्रकाशनका अनुसार उक्त छात्रवृत्ति हरेक वर्ष पत्रकारिता अध्ययनरत जेहेन्दार विद्यार्थीलाई प्रदान गर्ने परम्परा रहेको छ।










