Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

महेश बस्नेतद्वारा भीरकोट सामुदायीक इकाइलाई १० लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • June 25, 2021
69 shares

भक्तपुर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले रु १० लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि आवश्यक सामाग्रीहरु उहाँले रामेछाप जिल्लाको सुनापती वडा नं. ५ स्थित भीरकोट सामुदायीक इकाइलाई हस्तान्तरण गर्नुभएको हो ।

पूर्वउद्योगमन्त्री समेत रहनुभएका नेता बस्नेतले विहिवार राष्ट्रिय युवा संघ नेपालका स्थायी कमिटी सदस्य बाबुराम तामाङको नेतृत्वमा रहेको टोलीलाई उक्त सामाग्री हस्तान्तरण गर्दै विदाई गर्नुभयो ।

 

 

नेता बस्नेतले १३ प्रकारका स्वास्थ्य सामाग्रीहरुमा हस्तान्तरण गर्नुभयो । हस्तात्नरण गरिएका स्वास्थ्य सामग्रीहरुमा हस्पिटल बेड सेट १० थान, सर्जिकल माक्स तीन हजार, पीपीइ एक सय, पल्स अक्समिटर २, ग्लोब्स तीन सय, अक्सिजन सिलिण्डर ३, थर्मल गन २, अक्सिजन कन्सनट्रेटर २, एन नाइन्टिन मास्क ४०, सेनिटाइजर २० लिटर, फेससिल ४०, साबुन दुई सय तथा बुट २ जोर हस्तान्तरण गर्नुभयो । उक्त सामाग्रीहरु हिजो नै भीरकोट सामुदायीक इकाइलाई समेत जिम्मा लगाईसकिएको छ । जसले गर्दा भिरकोटका नागरिकलाई कोरोनाविरुद्ध लड्न केही मात्रामा भएपनि सहजता भएको छ ।

 

 

हस्तान्तरण कार्यक्रममा मानविय सेवा नै धर्म भएको उल्लेख गर्दै नेता बस्नेतले समयको माग र आवश्यकता अनुसार जसले जे सक्छ उसले दिने र जो सँग छैन उसले लिने सामाजिक सद्भाव तथा सेवाको भावलाई अझ बढी प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । विपद्को समयमा राष्ट्रिय युवा संघले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै संघका इन्चार्जसमेत रहनुभएका बस्नेतले युवा संघ मुलुकको परिवर्तनको सम्बाहकको साथमा आम नेपालीको दुःख सुखको सारथी बनेको उल्लेख गर्नुभयो ।

 

 

 

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved