Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

चन्द्रगिरिकाे बन, माफिया ढकालकाे धन :कटेजको अनुमति, होटल किन ?

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 15, 2026
0 shares

काठमाडौं । सरकारी वन संरक्षण गर्ने र वातावरणमैत्री “कटेज” निर्माण गर्ने शर्तमा ३६ हेक्टर राष्ट्रिय वन उपयोगको अनुमति लिएको चन्द्रागिरि हिल्स अहिले गम्भीर विवादमा तानिएको छ। सम्झौतामा “कटेज प्रकृतिका भवन” बनाउने उल्लेख भए पनि वास्तविकतामा विशाल होटल, रिसोर्ट र व्यावसायिक संरचना निर्माण गरिएको भन्दै प्रश्न उठ्न थालेको हो।

२०७१ वैशाख २१ गते तत्कालीन काठमाडौं फन पार्क प्रालि र वन विभागबीच भएको सम्झौताअनुसार चन्द्रागिरि क्षेत्रमा २० देखि ३० वटासम्म वातावरणमैत्री कटेज निर्माण गर्ने सहमति भएको थियो। सम्झौतामा निर्माणले ओगट्ने क्षेत्र ५ हेक्टरभन्दा बढी नहुने र सीमित संरचना मात्रै बनाइने उल्लेख छ।

तर हाल चन्द्रागिरि हिल्स क्षेत्रमा बनेका संरचना हेर्दा सम्झौताभन्दा फरक ढंगले व्यावसायिक पूर्वाधार विस्तार गरिएको देखिएको छ। त्यहाँ अहिले ठूलो होटल भवन, सभा हल, स्विमिङ पुल, रिसोर्ट, रेष्टुरेन्ट तथा विभिन्न कंक्रिट संरचना सञ्चालनमा छन्।

सम्झौतामा रिसोर्टका लागि ०.७० हेक्टर क्षेत्र मात्रै छुट्याइएको थियो। तर होटल तथा अन्य संरचनाले त्यसको सीमा नाघेको आशंका स्थानीय तथा सरोकारवालाले उठाएका छन्। यद्यपि वास्तविक क्षेत्रफल कति प्रयोग भयो भन्ने विषयमा कुनै स्वतन्त्र सार्वजनिक प्रतिवेदन भने बाहिर आएको छैन।

चन्द्रागिरिमा भूमाफिया सुजल डेरीको राज : खोला, जंगल र सरकारी जमिनमाथि खुला कब्जा

सम्झौताअनुसार कम्पनीलाई १६० वटा रुख हटाउन अनुमति दिइएको थियो। त्यसबापत ४ हजार बिरुवा रोपेर पाँच वर्षसम्म संरक्षण गर्नुपर्ने शर्त राखिएको थियो। तर ती बिरुवा कहाँ रोपिए, कति जोगिए र अनुगमन प्रतिवेदन कहाँ छ भन्नेबारे वन विभाग मौन देखिएको छ।

यस विषयमा चन्द्र ढकाल तथा कम्पनीसँग प्रतिक्रिया लिन खोजिए पनि औपचारिक धारणा सार्वजनिक भएको छैन।
वन विभागमाथि पनि प्रश्न उठेको छ। निर्माणका क्रममा अनुगमन भए/नभएको, थप स्वीकृति दिइएको वा क्षेत्रफल पुनः नापजाँच गरिएको विषयमा विभागले स्पष्ट जवाफ दिएको छैन।

सार्वजनिक वन क्षेत्रमा भएको यस्तो ठूलो व्यावसायिक परियोजनामा पारदर्शिता आवश्यक रहेको सरोकारवालाहरू बताउँछन्। उनीहरूले मूल सम्झौता, संशोधित कागजात, वातावरणीय प्रभाव मूल्यांकन (EIA), नक्सा पास तथा अनुगमन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।

चन्द्रागिरि परियोजनालाई एकातर्फ पर्यटन विकासको सफल उदाहरणका रूपमा प्रस्तुत गरिए पनि अर्कोतर्फ सरकारी वन क्षेत्रको दोहन भएको आरोप बढ्दो छ। अब प्रश्न उठेको छ—कटेजको अनुमति लिएर बनेको यो संरचना वास्तवमै सम्झौताअनुसारको हो त ?

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

भिजिट र व्यक्तिगत रोजगार भिसामा ठगी बढेपछि नेपालीलाई सचेत रहन ...

  • September 11, 2026

एमाले कार्यदलमा दुई छुट्टाछुट्टै प्रतिवेदन, विवाद मिलाउन आवासी...

  • September 11, 2026

‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न रास्वपाको ११ सदस...

  • September 11, 2026
AI Photo

बाँच्नुको अर्थ खोज्ने समाज : राजेश शिल्पकार

  • September 11, 2026

बाढीपीडितको राहतका लागि च्याम्पियन्स लिगमा ए.एस. रोमाको विशेष ...

  • September 11, 2026

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved