Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

रावा बेसी गाउँपालिका भवन उद्घाटनअघि जग्गा विवाद : पीडितको प्रश्न— “मेरो जग्गामा बनेको भवनमा कुन नैतिकताले भाषण गर्नुहुन्छ ?”

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • May 13, 2026
0 shares

खाेटाङ। खोटाङको रावा बेसी गाउँपालिका ले नवनिर्मित प्रशासनिक भवन उद्घाटनको सूचना सार्वजनिक गरेसँगै भवन निर्माण भएको जग्गाको स्वामित्वलाई लिएर विवाद चर्किएको छ। गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार भोलि प्रशासनिक भवन उद्घाटन कार्यक्रम राखिएको छ।

तर, पीडित पक्षका अनुसार उक्त भवन निर्माण भएको जग्गा स्थानीय चन्द्र बहादुर सार्कीको नाममा रहेको हो। प्रारम्भिक चरणमा ट्रस भवन निर्माण गर्दा “पछि मिलाएर रकम दिने र कानुनी रूपमा पास गरिने” सहमति भएको बताइए पनि हालसम्म जग्गा गाउँपालिकाको नाममा पास नगरिएको आरोप छ।

स्थानीयहरूका अनुसार अहिले सोही जग्गामा स्थायी प्रशासनिक भवन निर्माण भएर उद्घाटनको तयारी भइरहेको छ। तर जग्गाधनीले भने अझैसम्म उचित क्षतिपूर्ति र कानुनी प्रक्रिया पूरा नभएको भन्दै गुनासो गरिरहेका छन्।
पीडित पक्षले प्रश्न उठाएको छ।

“सानो मान्छेले ठूलो मन गरेर जग्गा दियो, तर मूल्य नदिई अर्काको जमिनमा भवन ठड्याएर उद्घाटन गर्ने नैतिकता कसरी आयो ?”

उनीहरूले दलित समुदायको व्यक्तिको जग्गा भएकै कारण बेवास्ता गरिएको हो कि भन्ने आशंका पनि व्यक्त गरेका छन्। “यदि समयमै जग्गाको मूल्य तिरेर कानुनी रूपमा नामसारी गरिएको भए यस्तो विवाद आउने थिएन,” स्थानीयको भनाइ छ।

पीडित पक्षका अनुसार उनीहरूले पटक–पटक पालिकाका प्रतिनिधि तथा सम्बन्धित निकायलाई फोन गरेर न्यायको माग गरे पनि सुनुवाइ नभएको गुनासो गरेका छन्। उनीहरूको आरोप छ कि, “दलितको जग्गा भएकै कारण दबाब र बेवास्ता भइरहेको छ।”

यस विषयले स्थानीय तहको पारदर्शिता, सार्वजनिक संरचना निर्माणमा कानुनी प्रक्रिया, र दलित समुदायप्रतिको व्यवहारबारे गम्भीर प्रश्न उठाएको छ।

यता गाउँपालिकाको तर्फबाट भने यस विषयमा औपचारिक धारणा सार्वजनिक भएको छैन। स्थानीयवासीले भवन उद्घाटनअघि नै जग्गा सम्बन्धी विवाद समाधान गर्न र पीडितलाई न्याय दिन माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेप...

  • September 11, 2026

बुवाकाे सम्मान, सन्तानकाे कर्तव्य : दिपेश श्रेष्ठ

  • September 11, 2026

प्रतिनिधिसभाको बैठक आज बस्दै, दुई विधेयकमाथि छलफल हुने

  • September 11, 2026

को हुन् नवनियुक्त उद्योगमन्त्री ई. दीपककुमार साह?

  • September 10, 2026

दुई सचिवको सरुवा, अर्याल महालेखा नियन्त्रक र काप्री निर्वाचन आ...

  • September 10, 2026

भदौभित्रै कृष्णभीरको सडक सञ्चालनमा ल्याउने गरी निर्माण तीव्र

  • September 10, 2026

मस्जिदबाट राहत अभियान : सुनसरी मुस्लिम समाजद्वारा प्रधानमन्त्र...

  • September 10, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved